सरकार अविचलित निष्ठाकासाथ अघि बढ्छः प्रधानमन्त्री

२१ फागुन, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक स्थिरता कायम गर्दै जनताको जीवनमा परिवर्तन ल्याउने र स्थिरता कायम गर्ने लक्ष्यमा हुने अवरोध छिचोल्दै सरकार अविचलित निष्ठाकासाथ अघि बढिरहेको बताएका छन् ।

Advertisement

झापा आन्दोलनका योद्धाको स्मृति दिवसका अवसरमा आज श्रद्धाञ्जलि वक्तव्य जारी गर्दै उनले आफू जनताको जीवनमा समृद्धि, समानता, सामाजिक न्याय र सुखका साथ देशको स्वाधीनता, अखण्डता र स्वाभिमान हासिल गर्ने कार्यमा सक्रिय भएर लाग्ने बताएका हुन् ।

उनले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सरकारले देशमा तीव्र विकासको माध्यमबाट देशलाई समृद्ध र जनतालाई सुखी बनाउँदै सहिदको सपना साकार पार्ने काम गरिरहेको उल्लेख रे ।

Advertisement

उनले जनताले आफ्ना माग शान्तिपूर्ण रुपमा राख्न पाउने संवैधानिक बाटाहरु बन्द रहेको अवस्थामा जनताको आन्दोलनमाथि निरङ्कुश सत्ताले गरेको दमनको प्रतिवादस्वरुप झापा आन्दोलन सृष्टि भएको भनाइ राखे ।

‘कम्युनिस्ट पार्टीले आफ्नो स्थापना कालमा सैद्धान्तिक रुपमा राखेको गणतन्त्रको मागलाई जनस्तरमा विस्तार गर्दै विभाजित कम्युनिस्ट आन्दोलनलाई सवल बनाउन यो आन्दोलन एउटा गौरवपूर्ण प्रस्थान बिन्दु थियो।’

Advertisement

उनले भने, ‘त्यस आन्दोलनको सञ्चालन गरिरहँदा हामीले नेपालमा पञ्चायती व्यवस्था र निरङ्कुश राजतन्त्रलाई उखेलेर फाल्ने र सामाजिक न्यायसहितको समतामूलक समाज तथा गणतन्त्र स्थापना गर्ने उद्घोष गरेका थियौँ । हामीले त्यस उद्घोषलाई सार्थक बनाउँदै गणतन्त्र स्थापना गरेका छौँ ।’

आजभन्दा ४८ वर्षअघि आजकै दिन त्यस आन्दोलनका क्रममा रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुइँकेल र नारायण श्रेष्ठलाई कारागार सार्ने बहानामा सुखानीको जङ्गलमा लगेर पञ्चायती सत्ताले हत्या गरेको थियो ।

प्रधानमन्त्री ओलीले नेपालको राजनीतिक आन्दोलन, कम्युनिस्ट, प्रगतिशील र लोकतान्त्रिक आन्दोलनको इतिहासमा यस दिनको असाधारण तथा ऐतिहासिक महत्व रहेको उल्लेख गर्दै यस क्षणमा नेपालको कम्युनिस्ट आन्दोलनमा शहादत प्राप्त गर्नुहुने सम्पूर्ण सहिदलाई स्मरण गरेका छन् ।

’उनीहरुले देश र लोकतन्त्रका लागि, समानता र जनताको अधिकार सम्पन्नताका लागि निरङ्कुश राजतन्त्र ढालेर लोकतान्त्रिक प्रणाली ल्याउन आफ्नो जीवन अर्पण गरेका थिए ।’ प्रधानमन्त्रीको श्रद्धाञ्जलि वक्तव्यमा भनिएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top