सुनको भाउ आज पनि घट्यो, प्रतितोला ८५ हजार ६ सय कायम

२१ फागुन, काठमाडौँ । सुनको भाउ आज फेरि घटेको छ ।

हिजो तोलामा एक हजार रुपैयाँले घटेको सुनको भाउ आज फेरि ९ सय रुपैयाँले घटेको हो ।

आज सुनको भाउ घटेर तोलामा ८५ हजार ६ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको बजार अस्थिर भएकाले सुनको मूल्यमा उतारचढाव आइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, आज चाँदीको भाउ पनि घटेको छ ।

चाँदी आज तोलामा ३५ रुपैयाँले घटेर १२ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

Scroll to Top