कोरोनाविरुद्धको खोप प्रदान गर्ने प्रक्रिया रोकिदैन: अर्थमन्त्री

२२ फागुन ७७, शनिबार
Share this
796shares

२२ फागुन, काठमाडौं ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड–१९ विरुद्धको खोप प्रदान गर्ने प्रक्रियालाई नरोक्ने बताएका छन् ।

Advertisement

शनिबार बैंक तथा वित्तीय संस्था परिसंघ, नेपालको प्रथम वार्षिक साधारणसभालाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले कोभिड–१९ विरुद्धको खोप प्रदान गर्ने प्रक्रियालाई नरोकीकन अगाडि बढाउने बताएका हुन् ।

सबै लक्षित समुदायमा खोप पुर्‍याउने उनको भनाइ छ । अर्थमन्त्री पौडेलले सरकारले समृद्धिको अभियानका लागि बैंक तथा वित्तीय सस्था, उद्योगको मनोबललाई उठाएर अगाडि बढाउन महत्त्वपूर्व काम गरेको जिकिर पनि गरे ।

Advertisement

‘हामी भ्याक्सिन प्रदान गर्ने प्रक्रियालाई नरोकीकन अगाडी बढाउँछौ सबै लक्षित समुदायमा भ्याक्सिन पुर्‍याउछौँ । सबैलाई हामी क्रमशः त्यसको ुप्राइरोटी बेसुमा भ्याक्सिन उपलब्ध गराउछौँ ।

सरकारले खासगरीकन आकस्मिक रूपमा आइलागेका राष्ट्रिय अभिभारा पूरा गर्ने सन्दर्भमा पनि विकासका, निर्माणका, समृद्धिका अभियानलाई अगाडि बढाउने सन्दर्भमा पनि निजी क्षेत्रको बैंक, वित्तीय संस्थाको मनोबललाई उठाएर अगाडि बढाउने सन्दर्भमा पनि महत्त्वपूर्ण कामहरु गरेको छ भन्ने मेरो यहाँहरूसँग जिकिर छ ।’

Advertisement

अर्थमन्त्री पौडेलले सरकारले उत्पादनमूलक उद्योग र होटल पर्यटन क्षेत्रको लागि पनि विद्युत्को डिमान्ड शुल्क छुट दिने निर्णय गरेको पनि जानकारी दिए । उनले भने, ‘विद्युतको डिमान्ड शुल्कबारे हामीले एउटा निर्णय गर्‍यौँ ।

उत्पादनमूलक उद्योगहरूका लागि डिमान्ड शुल्क छुट दिने निर्णय गर्‍यौँ । पछि होटल टुरिजम सेक्टरको पनि डिमान्ड शुल्क छुट पाउने निर्णय गरेको छौँ ।’

अर्थमन्त्री पौडेलले बैंक तथा वित्तीय संस्थाको समस्या समाधानका निम्ति छलफल गर्न मन्त्रालय तयार रहेको बताए । समस्या समाधानका लागि छलफलको प्रबन्ध मिलाउने पनि उनको भनाइ छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top