प्रचण्ड–माधव सरकार ढाल्न कांग्रेस कहाँ निवेदन हाल्न गएको प्रधानमन्त्रीको आरोप

२२ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार ढाल्नको निम्ति प्रचण्ड–माधव पक्ष कांग्रेस कहाँ निवेदन हाल्न गएको आरोप लगाएका छन् ।

शनिबार मेलम्चीको पानी सुन्दरीजल आइपुगेको आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकार ढाल्नको निम्ति प्रचण्ड–माधव पक्षका एक हल कांग्रेस कहाँ निवेदन हाल्न गएको आरोप लगाएका हुन् । प्रत्यक्षमा १ सय १६ सिट जितेको पार्टीलाई हटाएर २३ सिट जितेको कांग्रेसलाई नेतृत्व लिन आग्रह गरिएको भन्दै उनले जनताको आदेश र इच्छा त्यस्तो नभएको बताए । लोकतन्त्रिक विधि र पद्धतीको कुरा गरेर भ्रममा पारिएको पनि उनको भनाई छ । उनले भने – ‘यो सरकारले उधुम गर्न लाग्यो यसलाई तुरुन्तै ढाल्नुपर्यो भनेर केही गर्दा ढाल्न सकिन्न भने हाम्रै पार्टीका हौँ भन्ने केही कांग्रेस कहाँ दुईटाका दायाँबाँया औठाछाप गरेर निवेदन हाल्न गएका छन् दुईजना, एक हल । निवेदन हाल्न गएका छन् कांग्रेस कहाँ, लौ न यो केपी ओलीले त उधुम नै गर्न लाग्यो हटाउँ यसलाई । यसलाई हटाउनको लागि तपाईहरुले कमसेकम नेतृत्व लिईदिनु पर्यो । हाम्रो पार्टीले १ सय १६ सिट प्रत्यक्षमा जितेको छ । प्रत्यक्ष १ सय १६ सिट जितेकोलाई हटाउने २३ सिट जितेको कांग्रेसलाई लौन प्रभु नेतृत्व गरिदिनुपर्यो । यो जनताको आदेश हो ? जनताको इच्छा हो ? जनताले आदेश दिएको त्यसैगरी हो ? यिनीहरु लोकतन्त्रका विधि पद्धतीका प्रक्रियाका कुराहरु गर्छन् । झुठा र नक्कली कुरासँग भ्रम नपर्न म साथीहरुलाई आग्रह गर्न चाहान्छु । त्यतापटि तपाईहरु चिन्ता नगर्नुस् हामी ठेगान लाइहाल्छौ तिनीहरुलाई ।’

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top