पुनः एमाले–माओवादी गठबन्धनको गृहकार्य

२५ फागुन, काठमाडौँ । सर्वोच्च अदालतले तत्कालीन एमाले र नेकपा माओवादी केन्द्र ब्यूँताउने फैसला गरेसँगै पुनः दुई पार्टीबीच गठबन्धन बनाएर सरकार गठनको गृहकार्य अगाडि बढेको छ । नेकपा एमालेभित्र वरिष्ठ नेता माधवकुमार नेपाल संकटमा परिरहेको बेला पुनः दुई पार्टीको गठबन्धनको गृहकार्य अगाडि बढेको हो । सर्वोच्च अदालतको फैसलापूर्व नै एमालेका नेताद्वय घनश्याम भुसाल र शंकर पोखरेलबीच एकताको विषयमा संवाद भएको थियो । नेताहरुबीच विभिन्न विकल्पमा छलफल अगाडि बढेको एक नेताले बताए । सर्वोच्चको फैसलासँगै एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली बलियो भएका छन्।

एमालेमा भए पनि वरिष्ठ नेता माधवकुमार नेपाल पक्षमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको सहकार्यमा रहेका छन् । नेपाल पक्षका नेताहरु संकटमा परिरहेका बेला अहिलेको संकट टार्नका लागि प्रधानमन्त्री ओली र नेपाल पक्षका दोस्रा तहका नेताहरु परामर्शमा जुटेका छन् । नेपाल पक्षका एक नेताले भने– ‘दुई पार्टी अलग भएको अवस्थामा अहिलेको पार्टी जोगाउन र कार्यकर्ताको मनोबल उच्च बनाउन दुई पार्टीबीचको गठबन्धन बनाउनुपर्छ भन्ने विषयमा छलफल अगाडि बढेको छ ।’

उनका अनुसार तत्काल प्रधानमन्त्रीबाट केपी शर्मा ओलीले राजीनामा दिने र ओली पक्षबाटै पुनः प्रधानमन्त्री बनाउन सकिने गरी परामर्श शुरु भएको छ । प्रधानमन्त्री ओलीले राजीनामा दिन तयार भएको अवस्थामा दुई पार्टीको गठबन्धनमा पुनः वाम गठबन्धनकै सरकार गठनमा दोस्रा तहका नेताहरु सक्रिय बनेका छन् ।सोमबार पेरिसडाँडामा बसेको प्रचण्ड–नेपालको समूहको अन्तिम स्थायी समिति बैठकले पनि पार्टी एकतालाई नयाँ शिराबाट शुरू गर्ने निष्कर्ष निकालेको छ । नेकपाका स्थायी समिति सदस्य रघुजी पन्तले पार्टी एकताको विषयमा फेरि छलफल गर्नुपर्ने बताए ।

Advertisement

आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top