सांसद कठरिया भन्छिन्– चिया पसलमा युवाहरू धुम्रपानको कुलतमा फसिरहेका छन्

५ असोज ८३, सोमबार
Share this
770shares

काठमाडौं । प्रतिनिधिसभा सदस्य करिश्मा कठरियाले राजधानीका चिया पसलमा बढ्दो धुम्रपान प्रयोगलाई निरुत्साहित गर्न सरकारको ध्यानाकर्षण गराएकी छन्। सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले चिया पसलबाट युवा उद्यमशीलता बढ्दै गए पनि किशोर–किशोरी तथा युवा पुस्ता धुम्रपान र तमाखुको कुलतमा फसिरहेको बताइन्।

Advertisement

चिया पसलमा खुलमखुला धुम्रपान भइरहेको भन्दै उनले तत्काल अनुगमन गर्न सरकारसँग आग्रह गरिन्। साथै, धूम्रपान तथा तमाखुजन्य पदार्थसम्बन्धी ऐन, २०६८ प्रभावकारी रूपमा कार्यान्वयन गर्न पनि उनले सरकारको ध्यानाकर्षण गराइन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top