युरोपेली सङ्घका सदस्य राष्ट्रहरूले अप्रिलदेखि मासिक १० करोड डोज खोप पाउने

२५ फागुन, काठमाडौँ । युरोपेली सङ्घका सदस्य राष्ट्रहरूले आउँदो अप्रिलदेखि मासिक १० करोड डोज खोप पाउने भएका छन् ।

Advertisement

युरोपेली सङ्घका प्रमुख उर्सुला भोन डर लेयनकाअनुसार सङ्घअन्तर्गतका देशहरूलाई मासिक १० करोड खोप उपलब्ध गराउने व्यवस्था भएको हो ।

प्रयोगका लागि अनुमति पाएका खोपहरूको सङ्ख्या धेरै भएको र तीमध्येकै खोपहरू ल्याउने तयारी भएको उनको भनाइ छ । युरोपेली सङ्घले बायोएनटेक, अस्ट्रोजेनिका र मोडर्नाको खोप प्रयोगका लागि यसअघि नै अनुमति दिएको छ ।

Advertisement

मासिक १० करोड खोप युरोपेली सङ्घका देशहरुमा आउनु आफैँमा ठूलो उपलब्धि भएको पनि उनले बताएका छन् । युरोपेली सङ्घअन्तर्गत रहेको २७ देशमा ४४ करोड ६० लाख मानिसले अहिले कोरोनाविरुद्धको खोप लगाइसकेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top