×

NEPAL TIMES UPDATES

Playing
ट्रम्प–पुटिन–नेतन्याहु विश्वकै सबैभन्दा ’ठूला पीडक’ || Nepal Times
Apr 21, 2026
Playing
रविलाई आएकै दिन भेटेका कपुरले बालेनलाई जाने बेलामा भेट्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
दुई मुद्दामा सरकारको बोली एक, वास्तविकता अनेक || Nepal Times
Apr 21, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-07-2083 || Nepal Times
Apr 21, 2026
Playing
के हो रास्वपाको अमेरिकी कनेक्सन ? || Nepal Times
Apr 21, 2026
Playing
६१ केन्द्रीय सदस्य देउवा पक्षलाई दिने भएपछि फुटबाट जोगियो कांग्रेस || Nepal Times
Apr 21, 2026
Playing
रविको अभियोग संशोधनविरूद्धको रिटको पेसी वैशाख १० गते || Nepal Times
Apr 21, 2026
Playing
इरान युद्धमा चीनको एन्ट्रीः अमेरिकाले जफत गरेको जहाजले खोल्यो रहस्य || Nepal Times
Apr 21, 2026
Playing
World News: Cubaसंग Americaको वार्ता, Iranसंग के होला ? Japanले छाड्यो शान्तिको बाटो || Nepal Times
Apr 21, 2026
Playing
रवि र बालेनले सुधनलाई के गर्लान् ? || Nepal Times
Apr 21, 2026

एपिएफ मेयर कप क्रिकेटकाे फाइनलमा

२७ फाल्गुन २०७७

२७ फागुन, काठमाडाैँ ।

विभागीय टोली एपिएफ काठमाडौ मेयर कप एक दिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपिएफले काठमाडौं ११ लाई ७ विकेटले हराउँदै फाइनल यात्रा तय गरेको हो ।

Advertisement
Advertisement

यस अघि पुलिसको ४ खेलमा ६ अंकका साथ शीर्ष स्थानमा बस्दै बुधबार नै फाइनलमा प्रवेश गरिसकेको थियो । एपिएफले पनि ४ खेलमा ६ अंक जोडेपनि रनरेटमा पछि पर्दैैैै दोस्रो स्थानमा बस्दै फाइनल यात्रा पक्का गरेको हो । बाग्मती ४ अकका साथ तेस्रो स्थानमा रहदा आर्मी र मेयर ११ समान २ अंकका साथ क्रमश चौथो र पाँचौ स्थानमा रहे । मेयर ११ ले प्रस्तुत गरेको १ सय ७८ को लक्ष्य एपिएफले ४४.१ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्दा अन्तिम दुईको यात्रा सम्भव भएको थियो ।

१ रन जोड्दा ओपनर आसिफ शेखलाई गुमाएसँगै एपिएफले सुखद सुरुआत भने गर्न सकेन । आसिफलाई पहिलो ओभरको अन्तिम बलमा अनुज चुनाराले बोल्ड गरेका थिए । दोस्रो विकेटका लागि अर्को ओपनर शंकर राना र कप्तान शरद भेषावकरले ४३ रनको साझेदारी गर्दै एपिएफको इनिङ सम्हाल्ने प्रयास गरेका थिए ।शंकरले अनिल खरेलबाट एल्बीडब्लुको शिकार हुनुअघि ४९ बलमा ५ चौका मद्दतमा ३१ रन जोडे ।शंक पवेलियन फर्किएपछि ब्याटिङका लागि आएका भुवन कार्कीले पनि मात्र ११ रन जोडे । भुवनलाई मेयर ११ का कप्तान सन्दिप लामिछानेले बोल्ड गरेका थिए । चौथो विकेटका लागि शरद र सन्दिप जोराले अविजित १ सय २१ रनको साझेदारीका साथ एपिएफको फाइनल यात्रा पक्का गरेका थिए । शरदले १ सय १८ बलमा ५ चौका र १ छक्का मद्दतमा अविजित ६१ रनको योगदान गर्दा सन्दिप जोराले ७९ बलमा ९ चौका मद्दतमा अविजित ६२ रनको योगदान गरे । मेयर ११ का सन्दिप,अनुज र अनिलले समान १ विकेट लिएका थिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको मेयर ११ ले ४८.५ ओभरमा सबै विकेट गुमाउदै १ सय ७७ रनको योगफल तयार पारेको थियो । मेयर ११ का लागि सन्दिप रजाइलीले सर्वाधिक ४८ रनको योगदान गर्दा हरिशंकर शाहले ३६ र विक्रम भुषालले २० रन जोडे । एपिएफका अविनाश बोहोरा र कमलसिंह ऐरीले समान ३ विकेट लिएका थिए । भुवन कार्की,शरद र वसन्त रेग्मीले समान १ विकेट लिएका थिए ।

बुधाबर नै भएको अर्को खेलमा बाग्मती प्रदेशले प्रतियोगितामा सुखद अन्त्य गर्ने क्रममा आर्मीलाई १० रनले हराएको हो । बाग्मतीले प्रस्तुत गरेको २ सय ६७ रनको लक्ष्य पछ्याएको आर्मीले ४८.१ ओभरका सबै विकेट गुमाउदै २ सय ५६ रन मात्र जोड्न सक्यो । आर्मीका कप्तान विनोद भण्डारीले १ सय १९ रन जोड्पनि टोलीको हार भने टार्न सकेनन् । ओपनर लोकेश बमले ४६ रन जोडे भने करण केसीले २४ रन जोडे । विनोदले १ सय १४ बलमा ८ चौका र ७ छक्का प्रहार गरेका थिए । बाग्मतीका ओरियो पौडेलले ५ विकेट लिए भने रामनरेश गिरीले १ तथा नन्दन यादव,सोनु देवकोटा र पारसले समान १ विकेट लिए ।

Advertisement

यसअघि टस जितेर ब्याटिङ रोजेको बाग्मतीले ४९.४ ओभरमा सबै विकेट गुमाउदै २ सय ६६ रनको योगफल तयार पारेको थियो । बाग्मतीका लागि पारसले १ सय ३३ बलमा ११ चौका र २ छक्कको मद्दतमा १ सय १९ रन प्रहार गरे । आर्मीका सोमपाल कामीले ५ विकेट लिए ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top