विप्लव आएसँगै ब्यूँतियो गोइत समूह

१ चैत्र, विराटनगर ।
विप्लव नेतृत्वको नेकपासँग सरकारले सहमति गरेपछि सो समूह अहिले खुला शान्तिपूर्ण राजनीतिमा आएको छ ।

हतियार बोकेको विप्लवसँग सहमति गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले देश अब शान्तिबाटो हिडेको उद्घोष गरे । तर विप्लवसँग सहमित जुटेको दुई हप्ता नपुग्दै सिराहाको लाहानस्थित मालपोत कार्यालयमा आइतबार बम विस्फोट भएको छ ।

विस्फोटमा परी कम्तिमा ८ जना घाइते भएका छन् । घाइतेमध्ये मातपोत कार्यालयका नायब सुब्बा ३८ वर्षीय शिवकुमार यादव र धनगढीमाई नगरपालिका–४ का सेवाग्राही ३० वर्षीय दिनेशकुमार भण्डारीको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालयले जनाएको छ ।

विष्फोटमा लेखापढी व्यवसायी धनगढीमाई नगरपालिका–१३ का भोलाबहादुर मगर, गोलबजार नगरपालिका–६ का लक्ष्मी राना, बेचनी मगर, सिरहा नगरपालिका–१६ का लालबहादुर विश्वकर्मा, गोलबजारकी फूलकुमारी ठाकुर, भगवानपुर गाउँपालिकाका बद्रिनारायण यादव पनि घाइते भएका छन् ।

यो घटनाले जनतामा असुरक्षाको महसुस भएको छ । एकाएक त्रसित अवस्थाको सृजना भएको छ । वम विष्फोटमा गम्भीर घाइते भएका एक जनाको थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं लगिएको छ ।

आइतबार दिउँसो करिब पौने १ बजे कार्यालय परिसरमा कुकर बम विस्फोट भएको सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णकुमार निरौलाले बताएका छन् ।बम विस्फोट स्थलमा जयकृष्ण गोइत नेतृत्वको भूमिगत संगठन जनतान्त्रिक तराई मुक्ति मोर्चाको पर्चा भेटिएको प्रहरीले जनाएको छ ।

गोइत समूहको पर्चा भेटिएकाले सोही समूहले कुकर बम विस्फोट गराएको हुन सक्ने प्रहरीको अनुमान छ । विस्फोटपछि भएको आगलागीका कारण कार्यालयका कागजात जलेका छन् ।

प्रहरीका अनुसार विस्फोट भएको बम कुकर बम हुनसक्ने प्रहरीको अनुमान छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यस घटनासंगै प्रधानमन्त्री ओलीले मुलुकमा शसस्त्र समूहको गतिविधि अन्त्य भएको घोषणा गरेपनि अझै यस्ता समूह बाँकी नै रहेको पुष्टि गरेको छ ।

विप्लवले भूमिगत गतिविधि संचालन गरिरहँदा पछिल्लो समय गोइत तथा अन्य मधेसकेन्द्रीत समूहहरु निश्क्रिय झैं देखिएका थिए । तर विप्लव सार्वजनिक भएलगत्तै तराईमा तराई जनतान्त्रिक मुक्ति मोर्चा गोइत समूह सक्रिय देखिएको छ।गोइत समूहले आफ्ना मागहरु सरकारले सम्बोधन नगरेकाले विस्फोट गराएको विस्फोटस्थलमा फेला परेका पर्चामा उल्लेख गरेको छ।

गोइत समूहका नाममा पर्चा भेटिएसँगै मधेश केन्द्रित मुद्दा अघि सारेर शसस्त्र गतिविधि गर्ने समूह पुन ब्यूतिएको विश्लेषण सुरक्षा निकायले गरेका छन् । अब जनताको जिउ धनको सुरक्षाका लागि सरकारले कस्तो कदम चाल्छ त्यो भने प्रतिक्षाको विषय बनेको छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top