×

NEPAL TIMES UPDATES

Playing
सिमामा १०० माथिको सामानमा कर, व्यापारी खुशी, गरिब दुःखी || Nepal Times
Apr 20, 2026
Playing
’हामी नेपाल’ र वैदेशिक सहायताः गृहमन्त्रीको विगतमाथिको शंका || Nepal Times
Apr 20, 2026
Playing
बीपीका चेला तर तोडिदिए कोइराला विरासत, जसलाई मनपर्छ चुट्किला र निन्द्रा || Nepal Times
Apr 20, 2026
Playing
World News: इस्लामावाद वार्ता भाँडियो,बेबी फुडमा मुसा मार्ने विष,रोबोट र ड्रोनको आत्मसर्मपण
Apr 20, 2026
Playing
कीर्तिपुरमा फ्लडलाइट डेब्यू, यूएईविरुद्ध नेपालको चुनौती|| Nepal Times
Apr 20, 2026
Playing
शेयर खरिदबारे Sudan Gurungको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ? || Nepal Times
Apr 20, 2026
Playing
भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब || Nepal Times
Apr 20, 2026
Playing
Islamabadमा हुने वार्ता हल्ला, अब के हुन्छ ? || Nepal Times
Apr 20, 2026
Playing
Top 15 Afternoon News || April-20-2026 || Nepal Times
Apr 20, 2026
Playing
अब सरकारी तलब १५ दिनमै आउने || Nepal Times
Apr 20, 2026

धार्मिक एवं पवित्र कार्यमा राजनीति नगर्न पर्यटन मन्त्रीको सुझाव

१ चैत्र २०७७

१ चैत, काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले धार्मिक एवं पवित्रकार्यमा राजनीति नगर्न सुझाव दिएका छन् ।

हनुमान ढोका दरबार संग्रााहलय विकास समितिको १० औ बार्षिकोत्सवको अवसरमा आईतबार दरबार परिषरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ढकालले राजनीतिक रुपमा गर्नुपर्ने आलोचना टिप्पणी विरोध राजनीतिक ढंगले नै गर्न र अनावश्यक रुपमा धार्मिक एंव पवित्र कार्यमा राजनीति नगर्न सुझाव दिएका हुन् । पशुपतिमा सरकारले राखेको जलहरी र संग्राहलयले गरेको गहना प्रर्दशनीको विरोध गर्नेहरुप्रति लक्षित गर्दै उनले धार्मिक एवं पवित्रकार्यलाई सकारात्मक ढंगले सोच्न आग्रह गरे । उनले पशुपतिमा जलहरी राख्ने काम तिब्र ढंगले सम्पन्न भएको र सो कार्यमा सरकार सफल भएको दाबी गरे । उनले जलहरी राखिसकेपछि सर्वोच्च अदालतबाट फैसला आएकोमा पनि खुसी व्यक्त गरे । उनले भने “पशुपतिमा हामीले सुनको जलहरी लगाउने निर्णय गर्यौ । परापुर्वकालमा निर्माण भएको बेला त्यो तामाको रहेछ । शाहकालमा आईसकेपछि त्यसलाई चाँदीको लगाउनुभएको रहेछ । त्यो चाँदीमा पनि अहिले थोरै श्रीपेज भएर अहिले पशुपतिको मन्दिरमा जुन जल चढाईन्छ त्यो जल निस्केर जहाँ जानुपर्ने हो त्यो त्यहाँबाट तल जाँदा पशुपतिको मन्दिर नै धरासायी हुने अवस्था भएपछि तामाको थियो चाँदीको राखियो अब सुनकै राखिदिउँ भनेर हामीले शिवरात्रीको दिनसम्म पारेर सुनको जलहरी लगाईसक्ने भनेर हामी लाग्यौ । मुद्दामामिला गर्नेहरुले पनि साईतै हेर्नुभएको रहेछ । तर हामीले काम यति युद्धस्तरमा गर्यौ । प्रधानमन्त्री ज्यू अघिल्लो महिनाको १२ गते जानुभएको थियो । हामीले शिवरात्रीको सन्धयामा यो काम सक्छौ भनेका थियौ । तर अर्कौ महिनाको १२ गते हामीले सम्माननीय राष्ट्रपति ज्यूलाई लगेर सुनको जलहरी लगाएको ठाउँमा पुजा अर्चना हामीले साढे ११ बजेबाट गरेर २ बजे हामीले पुजा सक्यौ । सम्मानित अदालतले ३ बजे त्यो जलहरी जस्तो अवस्थामा छ अब नगर्नु÷नगराउनु भनेर आदेश जारी गर्यो । मलाई खुसी लागेको छ किनभने जलहरी लगाईसकियो अब नगर्ने÷नगराउनु भनिसकेपछि अनेक वहाना बनाएर त्यहाँबाट सुन झिक्न कसैले पाएन । तर २८ गते तिरको शुभसाईत हामीले हेरेका थियौ भने निर्माण नहुन पनि वा राख्न नपाउने स्थिति पनि हुन्थ्यो होला ।”

Advertisement
Advertisement

उनले आलोचना गर्ने मित्रहरु निशुल्क गुरुहरु भएको भन्दै व्यंग्य गरे । आलोचना गर्नेहरुलाई उनले ‘पैसा नतिरीकन शिक्षा प्राप्त गर्ने गुरु’ को सज्ञा दिए । संसद विघटन गरेर ताजा जनादेशमा जाँदा आफुहरुलाई प्रतिगमनकारीहरु भन्नेहरुले नै संसद सुरुभएपछि वहालवाला सांसदको निधनमा श्रद्धाञ्जलि दिन पनि नदिएर नाराजुलुश गरेको आरोप लगाए । उनले संसद विघटनपछि होटलहरुमा बास पाउन छोडेका सांसदहरु अहिले सांसदहरु कै रेखदेखमा होटलहरुमा बसेको दाबी गरे । उनले भने “बहालवाला सांसद मरेकोमा श्रद्धाञ्जली दिनका लागि पनि नाराजुलुश र तमासा, बैठक वहिष्कार गरेर श्रद्धाञ्जली दिन पनि ३ दिनपछिको बैठक कुर्नुपर्यो । अग्रगमन यही हो ? तपाईहरुले सुन्नुभएको होला कतिपय माननीयहरु यो बीचमा हेटलहरुमा बास पाउन छोड्नुभएको थियो । अहिले संसद पुर्नस्थापना भएपछि होटलहरुमा माननीयहरु मानीयहरुकै रेखदेखमा बस्न थाल्नुभएको छ भन्ने सुनेको छु । अग्रगमन यस्तै यस्तै कुरा हो भने यो अग्रगमनले हामीलाई हिजोकै ठाउँमा पुराउने हो कि ? ”उनले वर्तमान सरकारले निष्ठा र इमानमा बार्गेनिङ नगर्ने बताए । सरकारको नेतृत्वको विषय ठूलो नभएको भन्दै उनले सरकार विरुद्ध अविश्वासको प्रस्ताव आए जनताले आफुहरुलाई न्याय दिने विश्वास व्यक्त गरे । उनले भने “सरकारको बारेमा अहिलेको सरकारलाई धेरै चिन्ता छैन । तर प्रधामन्त्रीलाई प्रधानमन्त्री जोगाउने कुरा गरियो भने अलि सजिलो होला कि भनेर साथीहरु बार्गेनिङ गर्नुहुन्छ । निष्ठा र इमानमा हामी बार्गेनिङ गर्देनौ । अघिल्लो पटक पनि प्रधानमन्त्री हुनुहुन्थ्यो अहिलेको प्रधानमन्त्री अविश्वासको प्रस्ताव ल्याएरै साथीहरुले हटाउनुभयो । ठिकै ठिकै साईजमा थियौ । त्यही हटाईदिएकै कारणले ठूलो साईजमा आयौ । फेरी पनि हटाउनुभयो भने के भो र ? ठूलो अदालत त जनअदालत छदैछ नि । ”

Advertisement

गहना प्रर्दशनीमा राखिएका गरगहनाको सुरक्षाको जिम्मेवारी नेपाली सेनाले लिएकोमा खुसी व्यक्त गर्दै उनले सुरक्षाका बारेमा अविश्वासका टिकाटिप्पणी नगर्न सुझाव दिए । उनले भने “हनुमानढोका भित्र राखेको त्यत्तिकुरा पनि सुरक्षा गर्न सकिएन भने के देश जोगाईएला र हामीले । त्यति आत्मविश्वास हामीले लिनुपर्यो । यसमा तलवितल हुदैन ।”

भर्खरको समाचार

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न माग

Sudhan Gurung Grihamantri_NPL (3)

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

सम्बन्धित खबरहरु

Scroll to Top