×

NEPAL TIMES UPDATES

Playing
सिमामा १०० माथिको सामानमा कर, व्यापारी खुशी, गरिब दुःखी || Nepal Times
Apr 20, 2026
Playing
’हामी नेपाल’ र वैदेशिक सहायताः गृहमन्त्रीको विगतमाथिको शंका || Nepal Times
Apr 20, 2026
Playing
बीपीका चेला तर तोडिदिए कोइराला विरासत, जसलाई मनपर्छ चुट्किला र निन्द्रा || Nepal Times
Apr 20, 2026
Playing
World News: इस्लामावाद वार्ता भाँडियो,बेबी फुडमा मुसा मार्ने विष,रोबोट र ड्रोनको आत्मसर्मपण
Apr 20, 2026
Playing
कीर्तिपुरमा फ्लडलाइट डेब्यू, यूएईविरुद्ध नेपालको चुनौती|| Nepal Times
Apr 20, 2026
Playing
शेयर खरिदबारे Sudan Gurungको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ? || Nepal Times
Apr 20, 2026
Playing
भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब || Nepal Times
Apr 20, 2026
Playing
Islamabadमा हुने वार्ता हल्ला, अब के हुन्छ ? || Nepal Times
Apr 20, 2026
Playing
Top 15 Afternoon News || April-20-2026 || Nepal Times
Apr 20, 2026
Playing
अब सरकारी तलब १५ दिनमै आउने || Nepal Times
Apr 20, 2026

हनुमानढोकाका प्राचीन गरगहना प्रदर्शनीमा

२ चैत्र २०७७

२ चैत, काठमाडाैँ ।

हनुमानढोका दरबार क्षेत्रको ढुकुटी भवनमा प्राचीन एवं मौलिक स्वरुपका गरगहना प्रदर्शनी शुरु भएको छ । हनुमानढोका दरबार सङ्ग्रहालय विकास समितिको १० औँ वार्षिकोत्सवका अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले आइतबार प्रदर्शनी उद्घाटन गरे ।

Advertisement
Advertisement

विसं २०६८ असार १३ गते हनुमानढोका दरबारस्थित न्हुच्छे चोक र फरासखानाबीचको भवन जीर्णोद्धार गर्ने क्रममा ऐतिहासिक, पुरातात्विक तथा सांस्कृतिक महत्वका सामग्री फलामको सेफमा पुरिएको अवस्थामा प्राप्त भएको थियो । यसरी पाइएको सामग्रीमध्ये केही छनोट गरेर प्रदर्शनीमा राखिएको हो ।

प्रदर्शनीमा धार्मिक एवं सांस्कृतिक कार्यमा प्रयोग गरिने देवदेवीका मूर्ति, सुन, चाँदी तथा तामाका गरगहना, सुन चाँदीका सिक्का, इष्ट इण्डिया कम्पनीले जारी गरेका अत्यन्त दुर्लभ सुनका सिक्का, प्राचिन कालका नापतौलका सामग्री, राज्यभिषेक समारोहमा हात्तीको शिरमा सजाइने चाँदीको चन्द्र कलश प्रदर्शनमा छन् ।

यसैगरी भगवान् श्रीकृष्णलाई चढाउने सुन तथा चाँदीका बहुमूल्य मुकुटलगाययत पनि प्रदर्शनीमा राखिएको समितिका कार्यकारी निर्देशक सञ्जीव खनालले जानकारी दिए ।

लामो समयदेखि भण्डार गृहमा थन्किएका यस्ता सामग्री प्रदर्शनीमा राख्नाले त्यसबेलाको कला, धर्म, संस्कृतिबारे आममानिसले जानकारी पाउन् भन्ने उद्देश्य रहेको समितिले जनाएको छ । पहिले प्रयोग भएर अहिले लोप भएका यस्ता सामग्रीलाई पुनर्जागृत गर्न पनि प्रदर्शनीले सहयोग पुग्नेछ ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ढकालले कोरोना भाइरसको सङ्क्रमण फैलिएसँगै गत वर्ष जारी भएको बन्दाबन्दीका कारण पर्यटन क्षेत्र धराशायी बनेको बताए ।

कोरोना जोखिम कम भएको र खोपसमेत शुरु भइसकेकाले स्वास्थ्य सुरक्षाका मापदण्डलाई खुकुलो बनाएर पर्यटन क्षेत्रलाई अघि बढाउन लागिएको उनले सुनाए ।

“पशुपतिनाथ मन्दिरमा माघ १२ गते प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रमण एवं पूजा आराधना गर्नुभएपछि सुनको जलहरी राख्न निर्देशन भयो, तयारी गरेर फागुन १२ गते दुई बजेसम्ममा राखियो, तीन बजे सर्वोच्च अदालतले नराख्नू भनी आदेश जारी ग¥यो, चाँदीको जलहरी जीर्ण भएर पशुपतिनाथको गर्भगृहसम्म असर गर्न थालिसकेकाले सुनको जलहरी राखिएको हो”, मन्त्री ढकालले भने ।

मन्त्रालयका सचिव एवं समितिका अध्यक्ष यादवप्रसाद कोइरालाले सांस्कृतिक सम्पदाको संरक्षणले इतिहासलाई पछिसम्म जीवन्त राख्न मद्दत गर्ने भएकाले यस्ता चीजको संरक्षणमा ध्यान दिनुपर्ने बताउनुभयो । सम्पदालाई अन्तर्राष्ट्रियकरण गरी पर्यटन प्रवद्र्धन गरिनुपर्ने उनको भनाइ थियो ।

Advertisement

पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमले हनुमानढोका दरबार क्षेत्रको आगम्छे घरलाई पुनःनिर्माणका लागि सहमति जुटेको बताए । गद्दी बैठक पनि छिट्टै सर्वसाधारणका लागि प्रदर्शनमा ल्याउने तयारी भएको उनले जानकारी दिए । कार्यक्रममा मन्त्री ढकालले डा महेशराज पन्तले लेख्नुभएको ‘हनुमानढोका दरबार मनमोहनचोकको दलानको शिलापट्ट र त्यहाँका शिलामूर्ति’ र डा जुनु वासुकला रञ्जितकारले लेख्नुभएको ‘हनुमानढोका दरबारका भित्तिचित्र’ पुस्तक विमोचनसमेत गरे ।

भर्खरको समाचार

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न माग

Sudhan Gurung Grihamantri_NPL (3)

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

सम्बन्धित खबरहरु

Scroll to Top