किशोरीलाई बलात्कार गरेको आरोपमा ७० वर्षीय वृद्धसहित ४ जना पक्राउ

१ चैत ७७, सोमबार

२ चैत, डडेलधुरा ।

Advertisement

डडेलधुराको परशुराम नगरपालिकामा एक किशोरीलाई बलात्कार गरेको आरोपमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा अन्दाजी १४ वर्षका तीन जना किशोर र ७० वर्षीय एक जना वृद्ध गरी ४ जना रहेको इलाका प्रहरी कार्यालय जोगबुडाका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिए ।

Advertisement

उनीहरूले करिब २ महिना पहिले १४ वर्षीय किशोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ गरिएको हो । बालिकाले लगाएको आरोपमा पक्राउ परेका आरोपितहरूलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय डडेलधुराले हिरासतमा लिई थप अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक अवस्थीले बताए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top