कटुवा पेस्तोलसहित ३ जना पक्राउ

१ चैत ७७, सोमबार

२ चैत्र, रुपन्देही ।
रुपन्देहीमा कटुवा पेस्तोलसहित ३ जना पक्राउ परेका छन्।

Advertisement

जिल्लाको मर्चवारी गाउँपालिका ७ कन्चनापुरबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

पक्राउ पर्नेमा रुपन्देहीको सम्मरीमाई गाउँपालिका ९ बेतकुइयाका २४ वर्षिय सुरज हरिजन, सोही ठाउँका २३ वर्षिय तौलन हरिजन र सम्मरीमाई ७ भुन्डिहवाका सहिल मुसलमान रहेको रुपन्देहीका प्रहरी प्रवक्ता डिएसपी सत्यनारायण थापाले जानकारी दिए।​

Advertisement

UP 55 N 4948 नम्बरको भारतीय मोटरसाइकलमा सवार ३ जनालाई शङ्का लागि चेकजाँच गर्दा उनीहरुको साथबाट एक थान कटुवा पेस्तोल फेला परेको हो। पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको डिएसपी थापाले बताए।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top