बेइजिङमा बिहानैदेखि धुलाम्ये हावा बहँदै

२ चैत्र, एजेन्सी । चीनको राजधानी बेइजिङमा सोमबार बिहानैदेखि धुलाम्ये हावा बहन थालेको छ । इनर मंगोलिया र उत्तर–पश्चिमी चीनका भागहरूबाट आएको हावाले बेइजिङको जनजीवन प्रभावित भइरहेको हो ।

Advertisement

चाइना मेट्रोलोजिकल एडमिनिस्ट्रेसनले सोमबार यलो अलर्ट जारी गरेको छ। इनर मंगोलियाबाट बालुवा मिसिएर आएको हावा बेइजिङ वरपरका गान्सु, सान्सी र हेबेई प्रान्तमा पनि फैलिएको छ। बेइजिङमा आज भिजिविलिटी १ हजार मिटरमात्र रहेको सिजिटिएनले जनाएको छ।

सोमबार बिहान बेइजिङको वायु गुणस्तर मापनको तह अधिकतम ५ सयसम्म पुगेको छ । पिएम १० भनिने हावामा तैरिने कणहरू एक क्युबिक मिटरमा २ हजार माइक्रोग्रामसम्म पुगेको जनाइएको छ।

Advertisement

पिएम २.५ पनि एक क्युबिक मिटरमा ३ सय माइक्रोग्रामसम्म पुगेको छ। पिएम२.५ चिनियाँ मापदण्डअनुसार प्रति क्युबिक मिटर ३५ माइक्रोग्राम हुनुपर्छ।

मार्च र अप्रिलमा बेइजिङमा प्रायः यस्तो बालुवा मिसिएको हावा बहने गर्छ । गोवी मरभूमिको नजिक भएकाले र उत्तरी चीनमा बन फडानीको कारण यस्तो हुने गरेको हो।

Advertisement

बेइजिङ र आसपासका क्षेत्रमा पछिल्लो साता प्रदुषणको तह बढ्दै गएको अधिकारीहरूले बताएका छन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top