सिद्धबाबालाई सफाइ दिने जिल्ला अदालतको फैसलाविरुद्ध उच्च अदालतमा पुनरावेदन दर्ता

२ चैत्र, सुनसरी । सुनसरी चतराका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई बलात्कार मुद्दामा सफाइ दिने जिल्ला अदालत सुनसरीको फैसलासँग असन्तुष्ट सरकारी वकिलको कार्यालयले विराटनगर उच्च अदालतमा पुनरावेदन गरेको छ।

Advertisement

उच्च अदालत विराटनगरका प्रवक्ता ओमराज सुवेदीले दिएको जानकारी अनुसार आइतबार उच्च अदालतमा पुनरावेदन रजिष्ट्रेसन भएको हो।

आफ्नै महिला अनुयायीमाथि बलात्कार गरेको मुद्दामा उनलाई निर्दोष ठहर गर्दै सुनसरी जिल्ला अदालतले सफाइ दिएको थियो।

Advertisement

‘अनुयायी महिलाले मोहित भएर शरीर समर्पित गरेको’, ‘सहमतिमै सम्बन्ध कायम गरेका कारण बलात्कार भन्न नमिल्ने’ जस्ता शब्दावलीसहितको फैसलाबारे पुनरावेदन गर्ने सुनसरी सरकारी वकिल कार्यालयले पहिल्यै बताएको थियो।

आफ्नै अनुयायी महिलामाथि बलात्कार गरेको अभियोगमा थुनामा रहेका बेला उनलाई गएको मंसिर २२ मा जिल्ला अदालतले सफाइ दिएको थियो। त्यसबेला एकतर्फी बहस गरेर उनलाई सफाइ दिइएको भन्दै सरकारी वकिलको कार्यालयले असन्तुष्टि जनाएको थियो । माघ २९ मा न्यायाधीश अर्जुनप्रसाद कोइरालाले तयार पारेको फैसलाको पूर्णपाठमा गिरीले बलात्कार गरेको भन्न नमिल्ने उल्लेख थियो ।

Advertisement

न्यायाधीश कोइरालाले माघ २९ मा प्रमाणीकरण गरेको फैसलाको पूर्णपाठमा अपहरण गरी वा शरीर बन्धक बनाएर जबरजस्ती करणी गरिएको भन्ने भनाइ जाहेरवालीको नभएको र जबरजस्ती करणी भन्न मिल्ने आधार नदेखिएको भन्दै सहमतिमा यौन सम्बन्ध देखिएको फैसलामा उल्लेख छ ।

तर, गिरीले भने यौनसम्बन्ध भएको कुरासमेत अस्वीकार गरेको तर म्यासेजहरुबाट त्यस्तो नदेखिएको अदालतको ठहर छ । यस्तो फैसला गर्ने न्यायाधीश कोइराला यसपटक बढुवामा पनि परेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top