×

NEPAL TIMES UPDATES

Playing
’हामी नेपाल’ र वैदेशिक सहायताः गृहमन्त्रीको विगतमाथिको शंका || Nepal Times
Apr 20, 2026
Playing
बीपीका चेला तर तोडिदिए कोइराला विरासत, जसलाई मनपर्छ चुट्किला र निन्द्रा || Nepal Times
Apr 20, 2026
Playing
World News: इस्लामावाद वार्ता भाँडियो,बेबी फुडमा मुसा मार्ने विष,रोबोट र ड्रोनको आत्मसर्मपण
Apr 20, 2026
Playing
कीर्तिपुरमा फ्लडलाइट डेब्यू, यूएईविरुद्ध नेपालको चुनौती|| Nepal Times
Apr 20, 2026
Playing
शेयर खरिदबारे Sudan Gurungको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ? || Nepal Times
Apr 20, 2026
Playing
भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब || Nepal Times
Apr 20, 2026
Playing
Islamabadमा हुने वार्ता हल्ला, अब के हुन्छ ? || Nepal Times
Apr 20, 2026
Playing
Top 15 Afternoon News || April-20-2026 || Nepal Times
Apr 20, 2026
Playing
अब सरकारी तलब १५ दिनमै आउने || Nepal Times
Apr 20, 2026
Playing
सुधनले कानूनी दायरमा ल्याउन खोजे तर… आफै प्रश्नले घेरिए || Nepal Times
Apr 20, 2026

समाज कल्याण खेलकुद केन्द्र र सामाजिक युवा क्लब विजयी

३ चैत्र २०७७

३ चैत, ललितपुर । समाज कल्याण खेलकुद केन्द्र र सामाजिक युवा क्लबले सहिद स्मारक सि डिजिजन लिग फुटबलमा विजयी सुरुआत गरेका छन् । सातदोबाटो स्थित एन्फा मुख्यालयको मैदानमा मंगलबार सम्पन्न खेलमा समाज कल्याण खेलकुद केन्द्रले पुरानो क्लब सानागौचरण युथ क्लबलाई ३–२ गोल अन्तरले पराजित गर्यो । अर्को खेलमा सामाजिक युवा क्लबले स्वयम्भु क्लबलाई पनि ३–२ ले हराउँदै लिगमा सुखद सुरुआत गरेका हुन् । पहिलो खेलमा समाज कल्याणलाई जित दिलाउन रुपेश अधिकारी, राकेश विश्वकर्मा र शरद राईले एक/एक गोल गर्दा उर्गेन लामा र रमण तामाङले सानो गौचरणका लागि एक/एक गोल फर्काएका थिए ।

Advertisement

२५ औं मिनेटमा रुपेशले गोल गर्दै समाज कल्याणलाई १–० को अग्रता दिलाएको खेलमा २९ औं मिनेटमा उर्गेनले गोल गर्दै सानो गौचरणलाई १–१ गोलको अवस्थामा ल्याएका थिए । ५३ औं मिनेटमा राकेशले गोल गरेपछि समाज कल्याणको अग्रता २–१ को भएको थियो । ५७ औं मिनेटमा रमणले गोल गर्दै सानो गौचरणलाई पुनः २–२ गोलको बराबरीमा ल्याए । तर, खेलको ७७ औं मिनेटमा शरदले गोल गर्दै समाज कल्याणलाई ३–२ को जित दिलाए । त्यस्तै दिनको दोस्रो खेलमा सामाजिक युवा क्लबलाई जित दिलाउन बसन्त बहादुर रानाले ह्याट्रिक गर्दा दुई गोल गरेको स्वयम्भूका लागि महेश लामा र विकी राईले एक गोल गरेका थिए । बसन्तले ३२औं, ७८औं र इन्जुरी समयमा गोल गरेर ह्याट्रिक पूरा गरेका थिए भने विकीले ४७औं र महेशले ८४औं मिनेटमा गोल फर्काएका थिए । जित निकालेको सामाजिक युवाले महत्वपूर्ण तीन अंक जोड्दै लिग सुरुआत गर्दा स्वयम्भूले हारबाट लिग सुरुआत गरेको छ । लिगमा बुधबार प्लानिङ ब्वाइज युनाइटेड र चर्च ब्वाइज युनाइटेड तथा विरगञ्ज युथ एकेडेमी र झापा एफसीबीच खेल हुनेछ ।

Advertisement
Advertisement

भर्खरको समाचार

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न माग

Sudhan Gurung Grihamantri_NPL (3)

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

सम्बन्धित खबरहरु

Scroll to Top