टोखामा एक युवकको कुटपिट तथा घाँटी थिचेर हत्या गरेको आरोपमा तीन जना पक्राउ

४ चैत ७७, बिहीबार

४ चैत, काठमाडौँ । काठमाडौंको टोखामा कुटपिट तथा घाँटी थिचेर हत्या गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

टोखा नगरपालिका–१ मालुङस्थित सडक छेउको बाँसको झ्याङमा गत शनिबार एक पुरूषको शव फेला परेको थियो।

सो शव मोरङ बेलबारी नगरपालिका–२ घर भई टोखा–३ सूर्यदर्शन हाइट बस्ने २२ वर्षीय आशिष लिम्बूको थियो । उनको घाँटी थिचेर हत्या गरेको जस्तो देखिएपछि प्रहरीले थप अनुसन्धान अघि बढाएको थियो।

सो अनुसन्धानको क्रममा प्रहरीले हत्या गरेको आरोपमा दुई जनालाई काठमाडौंबाट र एक जनालाई बुधबार रौतहटबाट पक्राउ गरेको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले जानकारी दिए।

पक्राउ पर्नेमा रौतहट गौर नगरपालिका–७ का २१ वर्षीय शेख अब्दुल आलम, भारतको मोतिहारीका १९ वर्षीय भुपेन्द्रकुमार साह र मोहम्मद कासिम मन्सुरी छन्।

मोहम्मद कासिम मन्सुरी टोखास्थित एमडी मोटरसाइकल वर्कसपका सञ्चालक हुन्।

फागुन २८ गते राति नौ बजे उनीहरूले आशिष लिम्बूमाथि कुटपिट तथा घाँटी थिचेर हत्या गरेका थिए।

एसएसपी अशोक सिंहका अनुसार उनको हत्या हुनुको कारण लागुऔषध दुर्व्यसन हो।

’उनी पनि कुलतमा फसेका थिए। ग्यारेजमा जाँदा उनीहरूबीच झगडा भयो,’ एसएसपी सिंहले भने,’त्यसपछि कुटपिट गरी हत्या गरे।’

हत्यापछि लिम्बूको शव फाल्न तन्नामा पोको पारेर बाँसको झ्याङमा फालेका थिए।

शव फाल्न उनीहरूले दुइटा स्कुटरको पनि प्रयोग गरेका थिए।

मोहम्मद कासिम मन्सुरी र शेख अब्दुल आलमले शव स्कुटरको बीचमा राखेर लगेका थिए भने भुपेन्द्रकुमार साहले अर्को स्कुटर चलाई निगरानी गरेका थिए।

उनीहरूमाथि काठमाडौं जिल्ला अदालतबाट म्याद थप अनुमति लिई अनुसन्धान अगाडि बढाएको छ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top