बारा–पर्सा कोरिडोरः उद्योगको फोहोर पानी निकासमा विवाद

५ चैत, वीरगञ्ज । बारा–पर्सा औद्योगिक कोरिडोरका उद्योग र वीरगञ्ज–पथलैया व्यापारिक मार्ग विस्तार आयोजनाबीच उद्योगको फोहोर पानी निकासमा विवाद देखिएको छ । आयोजनाले उद्योगबाट निस्किने रसायनयुक्त फोहोर पानी सडकको नालामा खसाल्न नपाइने बताएपछि विवाद बल्झिएको हो ।

व्यापारिक मार्गमा पर्ने उद्योगले प्रशोधन नगरिएको रसायनयुक्त पानी सडकको नालामा हालेपछि व्यापारिक मार्गले त्यसको प्रतिवाद गरेको छ । उद्योगहरूले रसायन मिसिएको पानी नालामा खसाल्दा नाला बिग्रिएको वीरगञ्ज–पथलैया व्यापारिक मार्ग विस्तार आयोजनाका प्रमुख मनीषकुमार साहले बताए ।

उद्योगले रसायनयुक्त पानी प्रशोधन नगरी नालामा हाल्दा परवानीपुर खण्डमा ३ किलोमिटर नाला बिग्रिएको दाबी साहको छ । उद्योगबाट पानीको निकासमा मिसिएको रसायनले सिमेन्टको नाला बिग्रिएको आयोजनाका प्राविधिकले बताए ।

Advertisement

उद्योगले प्रशोधन नगरिएको पानी सोझै नालामा खलाल्न थालेपछि व्यापारिक मार्ग विस्तार आयोजनाले स्थानीय प्रशासनलाई गुहारेको छ । प्रशोधन गरिएको पानीमात्र नालामा मिसाउन आग्रह गर्दा अटेर गरेपछि उद्योगहरूको मनपरी रोक्न प्रशासनलाई पत्राचार गरिएको साहले जानकारी दिए ।

‘कोरिडोरका वनस्पति घीउ, साबुन, डिटरजेन्ट पाउडर लगायतका उद्योगले सडकको नालामा रसायनयुक्त पानी हाल्दै आएका छन् । यस्ता उद्योगबाट सडकको नालामा हुने पानी निकास रोक्न प्रशासनलाई पत्राचार गरेका छौं,’ योजना प्रमुख साहले भने ।

उद्योग प्रतिष्ठानले सञ्चालनको स्वीकृति लिँदा पानी, वायुजस्ता पर्यावरणीय पक्षमा हुने प्रदूषण नियन्त्रण आफैले गर्ने शर्त स्वीकार गरेका हुन्छन् । कोरिडोरका अधिकांश उद्योगले यो शर्त पालना गरेका छैनन् ।

यही शर्तअनुसार पानी प्रशोधन गरेर नालामा हाल्नुपर्नेमा उद्योगले रसायन मिसिएको पानी निकास गरिरहेको अयोजनाले बताएको छ । सडक र स्थानीय उद्योग प्रतिष्ठानबीच पानी निकासको विषय विवादित बन्दै आएको छ । यो समाचार आजको आर्थिक अभियान दैनिकमा ओमप्रकाश खनालले लेखेका छन् ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top