भारतमा सङ्क्रमण दर फेरी बढ्दो क्रममा, नियन्त्रणका लागि तुरुन्त कदम चाल्न मोदीको निर्देशन

५ चैत, एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतका विभिन्न सहरमा बढ्दो क्रममा रहेको कोरोना सङ्क्रमण नियन्त्रणबारे विभिन्न राज्यका मुख्यमन्त्रीहरुसँग छलफल गरेका छन् ।

भर्चुअल माध्यमबाट भएको छलफलमा मुख्यमन्त्रीहरुसँग कोरोना सङ्क्रमण नियन्त्रणको प्रयास र खोप वितरणको योजनाबारे छलफल गरेको बीबीसीले जनाएको छ ।

छलफलका क्रममा भारतीय प्रधानमन्त्री मोदीले पछिल्लो पटक केही राज्यहरुमा फेरि सङ्क्रमण बढ्न थालेकाले यसको नियन्त्रणका लागि तुरुन्त कदमअघि बढाउन निर्देशन दिए ।

१ वर्षदेखि आम नागरिकले कोरोनासँग लडिरहेको र अहिलेसम्म सङ्क्रमितमध्ये ९६ प्रतिशत निको भइसकेको तथ्याङ्क प्रस्तुत गर्दै उनले तत्काल निर्णायक कदम चाल्न भनेका हुन् ।

यो पटक केही साना सहरहरुमा समेत आरडीटी पीसीआर परीक्षण बढाउनुपर्ने भन्दै उनले सबै राज्यमा कन्ट्याक्ट ट्रेसिङको कामलाई तीव्रता दिन आग्रह गरेका छन् । भारतका विभिन्न सहरमा पछिल्लो समय अस्वाभाविक रुपमा कोरोना सङ्क्रमण बढिरहेको छ ।

भारतमा अहिलेसम्म १ करोड १४ लाखभन्दा धेरै व्यक्ति सङ्क्रमित भइसकेका छन् ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top