खनाल र नेपाल पक्षका सांसदहरूको छ्ट्टै भेला

५ चैत, काठमाडौँ । नेकपा एमालेका नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षले आफूनिकटका सांसदहरूको भेला राखेका छन्।

Advertisement

ललितपुरको सानेपास्थित होटल हेरिटेज गार्डेनमा आज बिहान १० बजे आफूनिकट सांसदहरूलाई उपस्थित हुन उक्त समूहले भनेको थियो।

प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदीय दलको बैठक बालुवाटारमा बस्दैछ ।

Advertisement

उक्त बैठकमा सहभागी नहुने बताएका झलनाथ–माधव पक्षका सांसदहरूले बेग्लै बैठक गरेका हुन्। उक्त समूहका एक जना सांसदले भेला राखिएको बताए।

बुधबारदेखि झलनाथ–माधव पक्षले राष्ट्रिय कार्यकर्ता भेला गरिरहेको छ। आज पनि भेला छ। आफूहरूले भेला गर्ने समयमै पारेर अध्यक्ष ओलीले सल्लाहविनै संसदीय दलको बैठक राखेको भन्दै उपस्थित नहुने उनीहरूले बताउँदै आएका छन्।

Advertisement

अध्यक्ष ओलीले गत फागुन २८ गते केन्द्रीय समितिबाट गरेका निर्णय फिर्ता लिनुपर्ने उक्त समूहले माग गरिरहेको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top