मरिच, केराउ, छोकडा र सुपारीमा लगाइएको पूर्ण आयात बन्देज हट्यो

५ चैत, काठमाडौँ । सरकारले मरिच, केराउ, छोकडा र सुपारीमा लगाएको पूर्ण आयात बन्देजलाई हटाएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सिफारिसमा फागुन २५ गते बसेको बैठकले पूर्ण बन्देजलाई हटाउँदै परिमाणात्मक बन्देज लगाएको हो ।

मन्त्रिपरिषद्ले पूर्ण बन्देज हटाएर परिमाणात्मक बन्देज लगाएको मन्त्रालयकी उपसचिव एवं सह प्रवक्ता उर्मिला केसीले जानकारी दिइन् । परिमाणात्मक बन्देज कति लाग्यो भन्ने जानकारी अहिल्यै भन्न नमिल्ने पनि उनले बताइन् । परिमाणात्मक बन्देज बारेको सूचना राजपत्रमा प्रकाशनको तयारी भइरहेको पनि उनको भनाइ छ ।

कोरोना महामारीका कारण देशव्यापी लकडाउन सुरु भएपछि सरकारले धेरै आयात हुने अतिआवश्यक बाहेकको वस्तुहरु मदिरा, मरिच, केराउ, छोकडा र सुपारी लगायतको आयातमा पूर्ण बन्देज लगाएको थियो ।

यसअघि औद्योगिक प्रयोजनकालागि कोटा प्रणालीमा मरिच आयात गर्न दिइए पनि नधुल्याइएको मरिच, केराउ, छोकडा र सुपारीमा प्रतिबन्ध कायमै थियो ।

गत असोजमा मन्त्रालयले चालु आर्थिक वर्षमा १५ हजार मेट्रिकटन सुपारी, पाँच हजार मेट्रिकटन छोकडा र १५ हजार मेट्रिकटन दाना मरिच मात्रै ल्याउन पाउने प्रस्ताव मन्त्रिपरिषदमा पठाएको थियो ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top