नयाँ करदाताको सङ्ख्या घट्दै, प्यान लिने ३८ लाख नाघे

५ चैत, काठमाडौँ । नयाँ करदाताको सङ्ख्या घट्दै गएको छ । स्थायी लेखा नम्बर (प्यान), मूल्य अभिवृद्धि कर (भ्याट) र अन्तःशुल्क तीन वटै क्षेत्रमा नयाँ करदाताको सङ्ख्यामा कमी आएको अर्थ मन्त्रालयले जनाएको छ ।

Advertisement

अघिल्लो आर्थिक वर्षको पहिलो सात महिनामा एक लाख ६६ हजार चार सय ६४ जनाले नयाँ व्यावसायिक प्यान लिएकोमा यो वर्षको सात महिना अर्थात् साउनदेखि माघसम्म एक लाख ५९ हजार जना मात्रै थपिएका छन् ।

व्यक्तिगत प्यानतर्फ गएको वर्षको सात महिनामा आठ लाख ६३ हजार थपिएकोमा अहिले तीन लाख २५ हजार मात्रै थपिएका छन् । समग्रमा अघिल्लो आर्थिक वर्षको सात महिनामा १० लाख ३२ हजार नयाँ प्यान जारी भएकोमा यो वर्षको सात महिनामा जम्मा चार लाख ८८ हजार मात्रै नयाँ प्यान जारी भएका छन् ।

Advertisement

यस्तै भ्याटमा अघिल्लो आर्थिक वर्षको सात महिनामा ३६ हजार सात सय ४० करदाता थपिएकोमा यो वर्षको सात महिनामा २२ हजार ६ सय मात्रै थपिएका छन् ।

अन्तःशुल्कमा अघिल्लो वर्षको सात महिनामा १८ हजार तीन सय करदाता थपिएकोमा अहिले जम्मा १३ हजार पाँच सय जना मात्रै थपिएका छन् ।

Advertisement

यसैबीच नेपालमा प्यान लिनेको सङ्ख्या ३८ लाख २५ हजार नाघेको छ । अर्थ मन्त्रालयका अनुसार माघ महिनासम्म नेपालमा ३८ लाख २५ हजार नौ सय ४६ जनले प्यान लिएका छन् । यसमध्ये २२ लाख ९९ हजारले व्यक्तिगत र १५ लाख १८ हजार नौ सय ३३ जनाले व्यावसायिक प्यान लिएका छन् ।

यस्तै करकट्टी गर्ने निकायले लिएको प्यानको सङ्ख्या सात हजार सात सय रहेको छ । यस्तै भ्याटमा दर्ता हुने करदाताको सङ्ख्या दुई लाख ७८ हजार ६ सय २४ पुगेको छ । अन्तःशुल्कमा दर्ता हुने करदाताको सङ्ख्या एक लाख सात हजार आठ सय रहेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top