हप्ताको अन्तिम दिन सेयर बजार ४२ दशमलव ९५ अङ्कले बढ्यो

५ चैत ७७, बिहीबार
Share this
821shares

५ चैत, काठमाडौँ । हप्ताको अन्तिम दिन बिहीवार शेयर बजार परिसूचक नेप्से बढेको छ । व्यापारबाहेक अरू सबै समूहको शेयर बढेपछि नेप्से बिहीवार ४२ दशमलव ९५ अङ्कले बढेर २४ सय ७५ दशमलव शून्य नौ विन्दुमा पुगेको छ ।

Advertisement

बिहीवार बैंकिङ समूहको शेयर २६ अङ्कले, होटल तथा पर्यटनको एक सय १२, विकास बैंकको २४, जलविद्युतको तीन, फाइनान्सको १४, माइक्रो फाइनान्सको एक सय दुई अङ्कले, जीवन बीमाको चार सय १५, निर्जीवन बीमाको एक सय ९१, उत्पादन समूहको शेयर एक सय ६२ र लगानी समूहको शेयर झण्डै दुई अङ्कले बढेको छ ।

बिहीवार दुई सय १३ कम्पनीका एक करोड १६ लाख ५७ हजार कित्ता शेयर चार अर्ब ६६ करोड १७ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै नेपाल बङ्गलादेश बैंकको ७७ करोड रुपैयाँको शेयर किनबेच भएको छ ।

Advertisement

बिहीवार युनाइटेड मर्दी र ग्रीन लाइफ हाइड्रो कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ । समग्र बजार बढे पनि जोशी हाइड्रोपावर र आँखुखोला जलविद्युत् कम्पनीको शेयर मूल्य ६ प्रतिशतभन्दा धेरैले घटेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top