इङ्ग्ल्याण्डसँगको चौथो टी–२० क्रिकेटमा भारत ८ रनले विजयी

६ चैत, एजेन्सी । चौथो ट्वान्टी–ट्वान्टी क्रिकेटमा घरेलु टीम भारतले इङ्ल्याण्डलाई पराजित गरेको छ । नरेन्द्र मोदी स्टेडियम अहम्दाबादमा भएको खेलमा भारतले इङ्ग्ल्याण्डलाई ८ रनले पराजित गरेको हो ।

Advertisement

इङ्ल्याण्डका लागि बेन स्टोक्सले सर्वाधिक ४६ रन बनाएका थिए यस्तै जासन रोयले ४० रन जोड्दा जोनी बेयर्स्टोले २५ रन जोडे ।

यस्तै भारतका लागि शार्दुल ठाकुरले ३ विकेट लिए । हार्दिक पाण्डय र राहुल चहलले २÷२ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ८ विकेट गुमाएर १ सय ८५ रन बनाएको थियो ।
भारतका लागि सूर्यकुमार यादवले ५७ रनको अर्धशतकीय इनिङ्स खेले ।

Advertisement

श्रेयस एयरले ३७ रन जोड्दा ऋषव पन्तले ३० रन बनाए । केएल राहुल १४, रोहित शर्मा १२, हार्दिक पाण्डय ११ रनमा आउट हुँदा शार्दुल ठाकुरले अविजित १० रन बनाए । कप्तान विराट कोहली १ रनमा आउट भए।

इङ्ल्याण्डका जोफ्रा आर्चर ४ विकेट लिए । जितसँगै भारतको ५ खेलको सिरिजमा २–२ को स्थितिमा पुगेको छ ।

Advertisement

टस हारेर पहिला ब्याटिङ गरेको भारतले ८ विकेट गुमाउँदै १८५ रन बनाएर इङ्ग्ल्याण्डलाई १८६ रनको लक्ष दिएको थियो । जवाफी ब्याटिङ गरेको इङ्ग्ल्याण्डले २० ओभरको खेलमा ८ विकेट गुमाएर १७७ रन बनाएको हो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top