NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
मधेसका मुख्यमन्त्री सोनलले आज विश्वासको मत लिँदै शनिबार कार्तिक २२ , २०८२
गण्डकी र कोशीमा हल्का वर्षा सहित हिमपातको सम्भावना शनिबार कार्तिक २२ , २०८२
ब्रेन स्ट्रोकपछि स्वास्थ्य बिग्रँदै गएका पूर्वमन्त्री अफताब आलमको निधन शनिबार कार्तिक २२ , २०८२
बिपी र सुवर्णले चलाएको काँग्रेस अब गगन र विश्वको पोल्टामा आउला ? शुक्रबार कार्तिक २१ , २०८२
रविमाथि कसरी प्रतिशोध साधियो ? ६ तथ्य सार्वजनिक शुक्रबार कार्तिक २१ , २०८२
Next
Prev

समाचार

प्रकृति संरक्षणमा आठ हजार बढी सैनिक परिचालित

शनिबार चैत्र ७ , २०७७
Reading Time: 1 min read
A A
प्रकृति संरक्षणमा आठ हजार बढी सैनिक परिचालित

lgs'~hdf ;]gfsf] ljz]if ;'/Iff ;ts{tf lrtjg, @) c;f]h -/f;;_ . lrtjg /fli6«o lgs'~hdf ljz]if ;'/Iffdf g]kfnL ;]gf . rf8jf8sf a]nf rf]/L t:s/LnfO{ lgoGq0g ug{ g]kfnL ;]gfsf] a6's bn u0f / lrtjg /fli6«o lgs'~hn] ;+o'Qm?kdf ljz]if ;'/Iff ;ts{tf ckgfPsf] xf] . t:aL/ ;f}hGoM g]kfnL ;]gf a6's bn u0f

Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

७ चैत्र, काठमाडौं ।
राष्ट्रिय सुरक्षा र सडक पूर्वाधार निर्माणसहित बहुआयामिक भूमिकामा रहेको नेपाली सेनाले प्रकृति र दुर्लभ वन्यजन्तु संरक्षणमा समेत महत्वपूर्ण योगदान दिँदै आएको छ ।

प्रकृति संरक्षण र वन्यजन्तु चोरी शिकारी नियन्त्रणमा सेनाले गरिरहेको असरदार सुरक्षा व्यवस्थापनले यस क्षेत्रमा नेपालले प्रयोग गरेको विधि र नमूना विश्वका लागि उदाहरणीय बनेको छ ।

राष्ट्रिय निकुञ्ज र वन्यजन्तु आरक्षमा हुने चोरी निकासी रोकथाम नियन्त्रणका लागि तैनाथ सेनाले नियमित गस्ती, एम्बुस र चेकप्वाइन्ट खडा गरी प्रकृति संरक्षणमा गौरव गर्न लायक काम गरिरहेको सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले बताए ।

LS Auto

मुलुकको प्रमुख सुरक्षा अङ्ग सेनाले २०३४ सालदेखि प्रकृति संरक्षण र दुर्लभ वन्यजन्तु चोरी शिकारी नियन्त्रणका लागि निकुञ्ज तथा आरक्षमा परिचालित हुँदैआएको छ ।

प्रकृति संरक्षणमा आठ हजार बढी सैनिक परिचालित

सेनाका आठ गण र सात गुल्मका आठ हजारभन्दा बढी जनशक्ति प्रकृति संरक्षण र वन्यजन्तु सुरक्षामा अहोरात्र खटिरहेको उनले जानकारी दिए।

चितवन राष्ट्रिय निकुञ्जमा खड्गदल गण, पर्सा राष्ट्रिय निकुञ्जमा सिद्धिबक्स, शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा दि फेमश महिन्द्र दल र शम्शेर दल, बर्दिया राष्ट्रिय निकुञ्जमा देवीदत्त, बाँके राष्ट्रिय निकुञ्जमा अर्जुनबाण, लाङटाङ राष्ट्रिय निकुञ्जमा विष्णु दल, शुक्ला फाँटा राष्ट्रिय निकुञ्जमा देवी दल गण र शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा रामवाण गुल्म तैनाथ छ ।

मुलुकमा १२ राष्ट्रिय निकुञ्ज, एक शिकार आरक्ष, एक वन्यजन्तु आरक्ष र छ संरक्षित क्षेत्र छन् । प्रकृतिक सरक्षण र दुर्लभ वन्यजन्तुको चोरी शिकारी नियन्त्रणका लागि सेनाका १८८ पोष्टबाट खटिने सुरक्षा टोलीले दैनिकजसो हजारौँको सङ्ख्यामा गस्ती गर्ने, गौडा छेक्ने र घेराबन्दीको कारवाही सञ्चालन हुँदैआएको सेनाको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालयले जनाएको छ ।

सेनाले निकुञ्ज क्षेत्रमा गरेको गस्ती र कारवाहीका क्रममा वन्यजन्तु चोरी शिकारीमा संलग्न भएको अभियोगमा फागुन महिनामा मात्रै विभिन्न निकुञ्जबाट ६७८ लाई नियन्त्रणमा लिएको थियो ।

सो अवधिमा विभिन्न निकुञ्ज तथा आरक्षबाट पाँच थान हतियार, ९४ थान जाल–पासो, जेसिबीलगायत ६५ स्थान सवारी साधन, ८९ भारी दाउरा, २४ थान बञ्चरो, ६१ वटा नाम्लो, २० थान हसिया, एक थान ड्रोन, ९० पशुचौपाया, ११ थान आरा, सावेल १०८, शिशाका गोली र केही बारुद्ध, रुख काट्ने चेन र बसिलालगायत बरामद गरिएको निर्देशनालयले जनाएको छ ।

खप्तड राष्ट्रिय निकुञ्जमा सिह शार्दूल गुल्म, मकालु बरुण राष्ट्रिय निकुञ्जमा नयाँ रणभिम गुल्म, कोशी टप्पु आरक्षमा दुर्गादल गुल्म, ढोरपाटन शिकार आरक्षमा शत्रुमर्दन गुल्म, सगरमाथा राष्ट्रिय निकुञ्जमा रणशुर गुल्म र रारा राष्ट्रिय निकुञ्जमा श्रीबक्स गुल्म वनस्पती संरक्षण र दुर्लभ वन्यजन्तु चोरी शिकारी नियन्त्रणमा क्रियाशील छ ।

मध्यवर्ती क्षेत्रमा हुने जङ्गली जनावरको आक्रमण, गरिबी र वन्यजन्तु चोरी शिकार र ओसारपसारमा संलग्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गिरोहका कारण प्रकृति संरक्षण र वन्यजन्तु चोरी शिकारी नियन्त्रणमा भने अझै चुनौती कायम रहेको बताइएको छ । पछिल्ला वर्षमा दुर्लभ जङ्गली जनावरको शिकारका घटनामा रोकथाममा उल्लेख्य सुधार आएको छ ।

प्रकृति संरक्षणमा उल्लेख्य योगदान पुर्याएबापत सेनाका कयौँ सकल दर्जा प्रकृति संरक्षण पदकबाट विभूषित पनि भइसकेका छन् । विश्व वन्यजन्तु कोष, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागले समेत सेनाको प्रकृतिक संरक्षण कार्यमा सहयोग पु¥याउँदै आएको छ ।

प्रकृति र दुर्लभ वन्यजन्तु संरक्षणको महत्व उजागर गर्न सेनाले विसं २०७२ मा प्रकृति संरक्षण शिक्षालयसमेत स्थापना गरेको छ ।

विभिन्न भौगोलिक धरातल र हावापानीका कारण मुलुकका प्रत्येक राष्ट्रिय निकुञ्ज तथा आरक्षको आ–आफ्नै विशेषता र महत्व छ । नेपालका राष्ट्रिय निकुञ्ज एवं आरक्ष वन्यजन्तुका लागि मात्र होइन वनस्पति, चराचुरुङ्गी, पर्यटन पदमार्ग, हिमाल र तालतलैयाका लागिसमेत विश्व विख्यात छन् ।

एक सिङ्घे गैँडा, पाटेबाघ, हात्ती, चितुवा, अर्ना, बाह्रसिङ्गा, कस्तुरी, न्याउर, डाँफे–मुनाल, काँडेभ्याकुर, गोही, लाँलीगुरास, रारा र शे–फोक्सुण्डो ताल हाम्रा राष्ट्रिय निकुञ्ज तथा आरक्षका अमूल्य निधि हुन् ।

फागुनमा २४ हजार ८६१ पटक गस्ती

वन्यजन्तु चोरी शिकारी नियन्त्रणका लागि तैनाथ गण र गुल्मले फागुनमा मात्रै पनि २४ हजार ८६१ पटक गस्ती, चार हजार ७५९ पटक राति गस्ती, चार हजार ४९० एम्बुसअर्थात् चोरी शिकारीलाई गौडा छेक्ने काम गरेको थियो ।

सेनाले चोरी शिकारी नियन्त्रणका लागि २०४ पटक चेकप्वाइन्ट खडा गरेको र १६३ घेरा हालेर कारवाही चलाएको जानकारी दिइएको छ । उक्त कार्यलाई थप प्रभावकारी तुल्याउन सेनाले महाहन्ट अभियानसमेत बेला बखत चलाउँदै आएको छ ।

नियमित तथा अनवरत सञ्चालित सैनिक कारवाही र संरक्षण सहयोगमा दुर्लभ वन्यजन्तुको सङ्ख्या उल्लेखनीय वृद्धि भएको छ । प्रकृतिक संरक्षणमा नेपालले अहिले प्रयोग गरेको विधि र नमूना विश्वका लागि उदाहरणीय बनेको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका महानिर्देशक दीपक खनाल भन्छन्, जल, जङ्गल र जमिनसहित भौगोलिक र प्राकृतिक विविधताले भरिपूर्ण नेपाल आफैँमा सुन्दर छ ।

सरकारी प्रयास, समुदायको सहभागिता र अन्तर्राष्ट्रिय साथ र सहयोग नै प्रकृति संरक्षणमा हामीले हासिल गरेको प्रमुख उपलब्धि हो । नेपालको सामाजिक बनोट, सस्कृति र परम्पराले पनि वन्यजन्तु र प्रकृति सरक्षणका लागि प्रेरित गरिरहेको बताउँदै उनले भने, “हाम्रा सम्पत्ति भनेकै प्राकृतिक स्रोतसाधन हुन् ।

यसको संरक्षण गर्न बलियो नीति, नियम र राज्यको उच्च चासो छ र वन्यजन्तु चोरी शिकार नियन्त्रण र प्रकृति संरक्षणमा ठूलो सफलता हासिल गर्न सम्भव भएको हो ।

सफा हिमाल र प्लाष्टिकमुक्त अभियान

वातावरणमा सन्तुलन कायम गर्ने तथा प्रकृति सम्पदाको संरक्षण गर्ने सिलसिलामा सेनाका सबै ब्यारेकलाई प्लाष्टिकमुक्त बनाउने घोषणाले मूर्तरुप लिएको छ ।

दुई वर्षअघि जङगी अड्डाबाट शुरु भएको उक्त अभियान हाल सबै युनिटमा सफल कार्यान्वयन भएको जानकारी दिइएको छ । जलवायु परिवर्तनबाट प्रकृति र मानवलाई पर्ने जाने असरलाई ध्यानमा राखेर सेनाले प्रकृति संरक्षण गर्ने क्रममा सेनाले सफा हिमाल अभियान नै सञ्चालन गरेको छ ।

उक्त अभियानअन्तर्गत सेनाले सगरमाथा क्षेत्रबाट एक बर्षअघि ११ हजार किलो नसड्ने र पुन प्रयोग गर्न मिल्ने १० हजार किलो फोहर सङ्कलन गरी काठमाडौँ ल्याएको थियो ।

सो क्रममा चारवटा शव सगरमाथा आधार क्षेत्रबाट सङ्कलन गरिएको थियो । बहुआयामिक भूमिकामा रहेको सेनाले सरकारले अघि सारेको एक नेपाली एक बिरुवा अभियानलाई नतिजामुखी तुल्याउन सहयोग पु¥याउँदै आएको छ । सेनाले उक्त कार्यक्रमसँग जोडेर एक सिपाही एक फलफूल अभियान नै चलाएको छ ।

राष्ट्रपति चुरे तराई मधेश कार्यक्रमअन्तर्गत १० लाख बिरुवासमेत सेनाले रोपी सकेको छ । राष्ट्रिय सुरक्षा नीतिअनुसार, वन–जङ्गल, प्राकृतिक स्रोत, वातावरण, पर्यावरण, जैविक विविधता संरक्षण, सम्वद्र्धन, विस्तार र सुरक्षा गरी जलवायु परिवर्तनबाट उत्पन्न असरलाई न्यूनीकरणमा समेत सेनाको भूमिका अग्रणी छ ।

पछिल्ला वर्षमा सेनाले बिरुवा उत्पादन, वृक्षोपण, दक्ष जनशक्ति विकास र रोपिएका बिरुवाको अभिलेखीकरणसमेत गर्दै आएको छ । यसैसँग जोडेर सेनाले अघि बढाएको गो–ग्रीन कार्यक्रम पछिल्लो समय निकै लोकप्रिय बनिरहेको छ ।

प्रकृति संरक्षण, दुर्लभ वन्यजन्तुको सुरक्षा र वातावरण सन्तुलन गर्ने कार्यमा सेनाको परिणाममुखी सहभागिताले स्वच्छ, सफा र समृद्ध हरित नेपाल निर्माणमा योगदान पुग्ने विश्वास गरिएको छ ।(रासस)

लोकप्रीय

मधेसका मुख्यमन्त्री सोनलले आज विश्वासको मत लिँदै

मधेसका मुख्यमन्त्री सोनलले आज विश्वासको मत लिँदै

शनिबार कार्तिक २२ , २०८२
देशभर छैन् कुनै पनि मौसम प्रणालीको प्र भाव

गण्डकी र कोशीमा हल्का वर्षा सहित हिमपातको सम्भावना

शनिबार कार्तिक २२ , २०८२
ब्रेन स्ट्रोकपछि स्वास्थ्य बिग्रँदै गएका पूर्वमन्त्री अफताब आलमको निधन

ब्रेन स्ट्रोकपछि स्वास्थ्य बिग्रँदै गएका पूर्वमन्त्री अफताब आलमको निधन

शनिबार कार्तिक २२ , २०८२

विचार

मधेसका मुख्यमन्त्री सोनलले आज विश्वासको मत लिँदै

मधेसका मुख्यमन्त्री सोनलले आज विश्वासको मत लिँदै

शनिबार कार्तिक २२ , २०८२
देशभर छैन् कुनै पनि मौसम प्रणालीको प्र भाव

गण्डकी र कोशीमा हल्का वर्षा सहित हिमपातको सम्भावना

शनिबार कार्तिक २२ , २०८२
ब्रेन स्ट्रोकपछि स्वास्थ्य बिग्रँदै गएका पूर्वमन्त्री अफताब आलमको निधन

ब्रेन स्ट्रोकपछि स्वास्थ्य बिग्रँदै गएका पूर्वमन्त्री अफताब आलमको निधन

शनिबार कार्तिक २२ , २०८२

थप समाचार

मधेसका मुख्यमन्त्री सोनलले आज विश्वासको मत लिँदै
ताजा समाचार

मधेसका मुख्यमन्त्री सोनलले आज विश्वासको मत लिँदै

शनिबार कार्तिक २२ , २०८२
देशभर छैन् कुनै पनि मौसम प्रणालीको प्र भाव
ताजा समाचार

गण्डकी र कोशीमा हल्का वर्षा सहित हिमपातको सम्भावना

शनिबार कार्तिक २२ , २०८२
ब्रेन स्ट्रोकपछि स्वास्थ्य बिग्रँदै गएका पूर्वमन्त्री अफताब आलमको निधन
ताजा समाचार

ब्रेन स्ट्रोकपछि स्वास्थ्य बिग्रँदै गएका पूर्वमन्त्री अफताब आलमको निधन

शनिबार कार्तिक २२ , २०८२
बिपी र सुवर्णले चलाएको काँग्रेस अब गगन र विश्वको पोल्टामा आउला ?
ताजा समाचार

बिपी र सुवर्णले चलाएको काँग्रेस अब गगन र विश्वको पोल्टामा आउला ?

शुक्रबार कार्तिक २१ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News:चीनको फुजियान सेवामा, रुसमा हे लिकप्टर दुर्घ टना || Nepal Times

World News:चीनको फुजियान सेवामा, रुसमा हे लिकप्टर दुर्घ टना || Nepal Times

00:19:59

World News: अमेरिकी सरकार ३७ दिनदेखि बन्द,भियतनाममा आँधी,५ हजार वर्ष पूराना भाडा || Nepal Times

00:20:10

World News: मेक्सिकोभित्रै पसेर ट्रम्पले कारबाही गर्ने, राष्ट्रपतिमाथि नै यौन दु*व्र्य*वहार

00:18:03

World News: न्युयोर्कमा ममदानीको जित, म्यान्मारका माफियालाई चीनमा मृ*त्युदण्ड || Nepal Times

00:20:11

World News: मेयरसंग ट्रम्पको टसल, भारतीय अदालतमा नेपालको जेनजी प्रदर्शनको चर्चा || Nepal Times

00:16:38

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

आईजीपी खापुङलाई २४घण्टे स्पष्टीकरण, किन किन कारवाही नगर्ने ?

‘बल प्रयोग गर्न नपाउने हो भने देशमा प्रहरी नराखे हुन्छ’ः आईजी

शुक्रबार कार्तिक २१ , २०८२
सुडान टुक्रिने कमाण्डरको चेतावनी, वेस्ट बैंकमा बुलडोजर

सुडानमा भयानक नरसंहारः अन्तरिक्षबाटै देखियो रगतको आहाल

मङ्लबार कार्तिक १८ , २०८२
ओली र लेखकको स्थानहद र पासपोर्ट रोक्का खुलेन

रवि फेरि चक्रब्युमा,फर्जी पत्र थमाएर जेलबाट कसले निकाल्यो ?

मङ्लबार कार्तिक १८ , २०८२

हालका पोस्टहरू

मधेसका मुख्यमन्त्री सोनलले आज विश्वासको मत लिँदै

मधेसका मुख्यमन्त्री सोनलले आज विश्वासको मत लिँदै

शनिबार कार्तिक २२ , २०८२
देशभर छैन् कुनै पनि मौसम प्रणालीको प्र भाव

गण्डकी र कोशीमा हल्का वर्षा सहित हिमपातको सम्भावना

शनिबार कार्तिक २२ , २०८२
ब्रेन स्ट्रोकपछि स्वास्थ्य बिग्रँदै गएका पूर्वमन्त्री अफताब आलमको निधन

ब्रेन स्ट्रोकपछि स्वास्थ्य बिग्रँदै गएका पूर्वमन्त्री अफताब आलमको निधन

शनिबार कार्तिक २२ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.