११ लाख २० हजारमा धनगढी एफसीले १४ खेलाडी अनुबन्ध गर्यो

६ चैत ७७, शनिबार

७ चैत्र, काठमाडौँ ।
धनगढी एफसीले अक्सनबाट १४ खेलाडी अनुबन्ध गरेको छ।

काठमाडौँमा भएको अक्सनमा नेपाल सुपर लिग टोली धनगढीले १४ वटा खेलाडीहरुमाथि बोली लगाउँदै टोली निर्माण गरेको हो। गो ड्रिमर्स प्रा.लि.को स्वामित्वमा रहेको धनगढी एफसीका अध्यक्ष सुवाश शाही, मार्की खेलाडी विशाल राईले अक्सनमा खेलाडीहरुमाथि भाउ लगाएका थिए।

१४ जना खेलाडीको खरिदका लागि धनगढीले ११ लाख २० हजार रुपैयाँ खर्च गरेको छ। यसबाहेक एक मार्की खेलाडी, तीन विदेशी खेलाडी र दुई स्थानीय खेलाडीलाई टोलीले समेट्नेछ।

Advertisement

धनगढी एफसीका अध्यक्ष शाहीले अक्सनबाट आफूहरुले सन्तुलित टोली छानेको र यसै टोलीका मद्दतबाट लिग जित्ने उदेश्य लिएको बताए।

धनगढीले अक्सनबाट सौजन राई, रुपेश केसी, विजय श्रेष्ठ, योद्धा शाही, निराजन महर्जन, विवेक बस्नेत, निशान खड्का, टंक बस्नेत, अशोक खवास, दिनेश राजवंशी, टेकेन्द्र थापा, पुजन उपरकोटी र दर्शन गुरुग छन्।

Advertisement

धनगढीका सबैभन्दा महँगा खेलाडीका रुपमा दिनेश राजवंशी रहे। उनीमाथि सबै टोलीले भाउ लगाउँदा धनगढीले २ लाख रुपैयाँमा बाजी मारेको थियो। यस्तै रुपेश केसी, विवेक बस्नेत, पुजन उपरकोटीले १ लाख २० हजार रुपैयाँ पाउने भएका छन्।

धनगढीले यसअघि नै मनाङ मस्र्याङ्दी क्लबलाई ए डिभिजन लिगको उपाधि जिताएका नाइजेरियाली प्रशिक्षक तोपे आयोजेजी फुजा प्रशिक्षकका रुपमा अनुबन्ध गरिसकेको छ।

फुजाको अगुवाईमा मनाङमस्र्याङदी क्लबले २०७५ सालको सहिद स्मारक ए डिभिजन लिगको उपाधि जितेको थिया। उक्त उपाधि जितेसँगै नेपालको शीर्ष श्रेणीको लिगमा मनाङले कीर्तिमान आठौं उपाधि उचालेको हो।

सन् २००५ मा मलेसियाको सवाह एफसीमा सहायक प्रशिक्षकको रुपमा कोचिङ करिअर सुरु गरेका फुजाले नेपालको ए डिभिजन लिग डेब्यू मछिन्द्र क्लब (२००६) बाट गरेका थिए।

त्यसपछि भारतमा व्यस्त रहेका उनले सिमला योङ, मुम्बई युनाइटेढ, पियरलेस, हिन्दुस्तान एफसी, टलिगन्ज अग्रगामी, मोहम्मडन स्पोटिङ र चेन्नाई एफसीको टिम सम्हालेका थिए।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top