जेठ ३०
२०२६ को विश्वकप फुटबल तीन देशले संयुक्त रुपमा आयोजना गर्ने भएका छन् । अमेरिकाको अगुवाइमा क्यानडा र मेक्सिकोले विश्वकप आयोजनाको जिम्मा पाएका हुन् ।
तीन देशबाहेक मोरक्कोले पनि विश्वकप आयोजनाका लागि आफ्नो दाबी पेश गरेको थियो । फिफा कंग्रेसमा भएको मतदानमा अमेरिकी प्रस्तावको पक्षमा १३४ मत परेको थियो भने मोरक्कोले मात्र ६५ भोट पायो । एक भोट भने दुबैको विपक्षमा परेको थियो ।
सन् २०२६ मा हुने विश्वकपका ८० खेलमध्ये ६० प्रतिशत अमेरिकामा हुनेछ, जसमा क्वार्टरफाइनलदेखि सबै खेल समावेश छन् । यसअघि अमेरीकाले १९९४ को विश्वकप आयोजना गरेको थियो भने मेक्सिकोले १९७० र १९८६ को विश्वकप सफल रुपमा गरेको थियो ।
मोरक्को भने पाँच पटक दावेदारी दिए पनि विश्वकप आयोजना गर्ने अवसर पाउनबाट चुकेको छ । मोरक्कोले १२ शहरका १४ स्टेडियममा विश्वकप आयोजना गर्ने दावेदारिता दिएको थियो । उत्तरी अमेरिकी देशहरुले भने विश्वकपका पूर्वाधार निर्माणका लागि १६ बिलियन अमेरीकी डलर खर्च गर्ने जनाएका थिए । जसमा उनीहरुले २३ मध्ये मुख्य १६ वटा स्टेडियममा विश्वकप खेलाउने बताएको छ ।
सन् २०२६ को विश्वकपमा कुल ४८ देशको सहभागिता रहनेछ । सन् २०२२ को विश्वकप फुटबलको आयोजना भने कतारले गर्नेछ ।
२०२२ को विश्वकप कतारमा हुनेछ ।