७ चैत, काठमाडौँ । अमेरिकाका राष्ट्रपति जो बाइडेनले एसियाली विरोधी जातिवादको निन्दा गरेका छन् ।
अमेरिकाको एटलान्टा क्षेत्रमा गएको मंगलबार भएको बन्दुक आक्रमणपछि एसियाली–अमेरिकी नेताहरुसँग जर्जियामा भेटवार्ताको क्रममा उनले यस्तो बताएको बीबीसीले जनाएको छ । साथै उनले जातीय विभेदको विरोधमा बोल्न अमेरिकी नागरिकलाई आग्रह गरेका छन् ।
एटलान्टा क्षेत्रमा भएको आक्रमणमा ६ जना एसियाली महिलासहित आठ जनाको ज्यान गएको थियो । आक्रमणलाई जातीय विभेदको आरोप लागे पनि प्रहरीले आक्रमणको कारण जातीय विभेद भन्दा पनि एसियाली विरोधी जातीय विभेद भनेको छ ।
पछिल्ला दिनमा एसियाली मूलका मानिसले कोरोना भाइरस फैलाएको आरोप खेपिरहेका बेला अमेरिकामा एसियाली मूलका मानिसप्रति अपराध बढेको छ । यसै सन्दर्भमा बोल्दै बाइडेनले पूर्वी एसियाली विरुद्धको घृणाजन्य अपराध कोरोना महामारीसँगै उब्जेको र जातीय विभेदले अमेरिकालाई नै संकटमा पारेको बताएका छन् ।
उनले यस्तो हुन नदिन अमेरिकी नागरिकले महत्वपूर्ण भूमिका निभाउनुपर्ने कुरामा पनि जोड एिका छन् ।