बसको छतमा सुतेका सहचालकको तल खसेर मृत्यु

३० जेठ ७५, बिहीबार

विराटनगर,जेठ ३१
मोरङको विराटनगर–८ स्थित हाटखोला बसपार्कमा बसको छतबाट खसेर सहचालक मोरङ ग्रामथान गाउँपालिका ७ बस्ने २५ वर्षीय सजन ऋषिदेवको मृत्यु भएको छ।

बुधबार राती बसपार्कमा पार्किङ गरी राखेको को १ ख २१०३ नम्बरको बसको छतमा सुतेका ऋषिदेवको छतबाट खस्दा उपचारका क्रममा मृत्यु भएको हो।

बिराटनगरबाट आमबाडीसम्म चल्ने सो बसको छतमाथी सुतेका ऋषिदेव बुधबार राती अचानक छतबाट खसेपछि उपचारका लागी कोशी अञ्चल अस्पताल विराटनगर लगिएको थियो।

Advertisement

उनको सोही अस्पतालमा बिहिबार बिहान उपचारका क्रममा मृत्यु भएको वडा प्रहरी कार्यालय हाटखोलाले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top