एकै दिन चार फरार पक्राउ

३० जेठ ७५, बिहीबार

विराटनगर,जेठ ३१

इलाका प्रहरी कार्यालय रानीले अदालतबाट कैद तथा जरिवाना भई फरार रहेका एकै दिनमा चार जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा केही सार्वजनिक अपराध मुद्दाका विराटनगर १५ का बिनोद कामत, सोही ठाउँका श्यामकुमार मुखिया, विराटनगर १८ का कलानन्द ऋषिदेव र सञ्जु सुनार  रहेका छन् ।

Advertisement

“सम्मानित अदालतबाट कैद तथा जरिवाना भई फरार रहेका प्रतिबादीहरु पक्राउ गर्ने अभियान” अन्तरगत उक्त कार्यालयबाट खटिएको विशेष टोलीले उनीहरुलाई पक्राउ गरी बुधबार मोरङ अदालतमा उपस्थित गराईएको हो।

चारै जना मोरङ जिल्ला अदालतबाट तोकिएको जरिवाना रकम जनही १ हजार ६ सय ५० रुपैया बुझाएर बुधबार नै रिहा भएका छन्।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top