नगर प्रमुख ओली लक्षित बम निष्क्रिय

नगर प्रमुख ओली लक्षित बम निष्क्रिय

दमक, जेठ ३१

झापाको दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली सवार गाडीमा राखिएको बम निष्क्रिय पारिएको छ ।

नेपाली सेनाको बम डिस्पोजल टोलीले आज विहान सुरक्षितरुपमा बम निष्क्रिय बनाएको हो ।

दमक–६ स्थित प्रधानमन्त्री केपी शर्मा ओलीको घरमा नगर प्रमुख ओली बस्दै आएका छन्। नगर प्रमुख ओलीका अनुसार बुधबार बेलुका कार्यालयबाट फर्कने क्रममा नगरपालिकाको स्कारपियो गाडीको छतमा कार्टुनजस्तो चिजमा शंकास्पद वस्तु फेला परेको थियो । उनले सो शंकास्पद वस्तु गाडीमा देखेपछि प्रहरीमा खबर गरेका थिए ।

फेला परेको बमलाई ओली निवासको सुरक्षामा खटिएका सुरक्षाकर्मीले बेलुका ८ बजेतिर सुरक्षित स्थानमा लगेका थिए । त्यसलाई आज बम डिस्पोजल टोली झिकाएर निष्क्रिय गरिएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।

यसअघि पनि ओली निवासमा बम विष्फोट भएको थियो । त्यस्तै, करीब एक महिना अघिमात्र दमक–७ का वडाध्यक्ष भीम पौडेलको घरमा समेत विष्फोटन गराइएको थियो । ती सबै बम विष्फोटनका घटनामा संलग्नताको भने पहिचान हुन सकेको छैन ।
रासस

 

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.