उदयपुरबाट लागुऔषधसहित तीन जना पक्राउ

११ चैत ७७, बिहीबार

१२ चैत, उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका–६ बाट नियन्त्रीत लागुऔषध ट्याब्लेट सहित तीन जना पक्राउ परेका छन् ।

ईलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरी टोलीले बुधवार दिउँसो लागुऔषध लुपिजेसिक २७ एम्पुल ,फेनारगन २७ एम्पुल ,डाईजेपाम २७ एम्पुल र ५० ग्राम गाँजा सहित स्थानीय २५ बर्षीय प्रभात मगर, ३२ बर्षीय सुरज राई र ३० बर्षीय सुमन राईलाई पक्राउ गरेको हो ।

लागुऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top