१३ चैत, दाङ । दाङको घोराहीमा शिकार खेल्न गएका एक पुरुषको गोली लागेर मृत्यु भएको छ ।
घोराही उपनगरपालिका–१२ को कमलघारी जङ्गल क्षेत्रमा शुक्रबार राति वडा नं १३ का ५० वर्षीय टेकबहादुर गुरुङको गोली लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । प्रहरीले घटनामा संलग्न रहेको आशंकामा एक जनालाई राति नै नियन्त्रणमा लिएको छ । मृत्यु भएका गुरुङको शवपरीक्षणका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ ।