×

NEPAL TIMES UPDATES

Playing
कहिलेसम्म चल्ला सभामुख र हर्क साम्पाङबीच जुहारी ?|| Nepal Times
May 20, 2026
Playing
१६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी कहाँ पुग्यो ? || Nepal Times
May 20, 2026
Playing
रास्वपा नेतृत्वमा रवि र बालेन यथावत, महामन्त्री र उपसभापति को ?|| Nepal Times
May 20, 2026
Playing
नगरप्रहरीले काफल पोख्यो,मेयरले ढाडससहित दिइन् १० हजार || Nepal Times
May 20, 2026
Playing
ब्रिटिस किंग्स गोर्खा अर्टिलरी, ब्रिटिस सेनाको शान बढाउन नेपालीमात्रै भर्ती || Nepal Times
May 20, 2026
Playing
विश्वमा जंगलराज आउने सी–पुटिनको चेतावनी|| Nepal Times
May 20, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-06-2083 || Nepal Times
May 20, 2026
Playing
ग्रे लिस्ट भनेको के हो ? बाहिरिन नेपालले अब के गर्नुपर्छ ? || Nepal Times
May 20, 2026
Playing
Trump ले शान्ति मागे, इरानले ‘फाइटर जेट खसाल्न तयार होउ’ भन्दै लल्कार्यो || Nepal Times
May 20, 2026
Playing
नेपालमा संसद्बाट निकालिएका सांसद्हरुको इतिहास, कसलाई किन निकालियो ? || Nepal Times
May 20, 2026

नाकामा ब्यापक लापरवाहीः संक्रमितहरु सार्वजनिक यातायातबाट सीधै घरतिर

१६ चैत्र २०७७

१६ चैत, काठमाडौँ । कञ्चनपुरको पुनर्वास नगरपालिका–४ मोती बस्तीका एक व्यक्ति आइतबार भारतको बैंगलोरबाट घर फर्किएका छन् ।

कैलाली र कञ्चनपुरसँग सीमा जोडिएको गौरीफन्टा नाकामा उनको एन्टिजेन परीक्षण हुँदा पाजेटिभ देखियो । तर, कोरोनाभाइरस संक्रमणको लक्षण नदेखिएको भन्दै सार्वजनिक यातायातबाट घर जान दिइयो ।

Advertisement
Advertisement

भारतबाट सँगै आएका उनका भाइको पनि रिपोर्ट पोजेटिभ देखियो । उनी केहीबेर नाकास्थित हेल्थ डेस्कबाहिर बसेर बेपत्ता भए । प्रहरी र स्वास्थ्यकर्मीले खोजी गरे पनि उनी फेला परेनन् । ‘अहिले यहीँनेर थिए । सायद घर गए होलान्,’ उनका दाजुले भने ।

सुर्खेतको लेकबेसी–४ का एक व्यक्तिको पनि एन्टिजेन परीक्षण गर्दा पोजिटिभ देखियो । ज्वरो बढी नरहेको भन्दै उनलाई पाँचवटा मास्क दिएर हेल्थ डेस्कका स्वास्थ्यकर्मीले घर पठाए । नाकाबाट अरु पनि यात्रु बसेको अटोमा चढेर उनी धनगढी बसपार्क आए । उनले सुर्खेतका लागि बसको टिकट बनाएर घरतिर लागे ।

यस्तै, अछामको मंगलसेन–१४ का एक व्यक्तिमा कोरोना पोजेटिभ देखियो । उनलाई पनि पाँचवटा मास्क दिएर घरमै आइसोलेसन बस्न भन्दै घर पठाइयो । उनी पनि नाकाबाट यात्रुले भरिएको अटो चढेर धनगढी बसपार्क पुगे । उनले अछामका लागि बसको टिकट बनाएर घर लागे ।

Advertisement
Advertisement

आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top