सिके राउतलाई राज्य विरूद्धको संगठित अपराध कसुरमा अदालतमा हाजिर हुन आदेश

१६ चैत्र, विराटनगर ।
सिके राउतलाई ३५ दिनभित्र अदालतमा हाजिर हुन नवलपरासी जिल्ला अदालतले सूचना जारी गरेको छ।

अदालतले जारी गरेको सूचनामा सिके राउत भन्ने डा. चन्द्रकान्त राउतलाई राज्य विरूद्धको संगठित अपराध कसुरमा हाजिर हुन सूचना जारी भएको उल्लेख छ।

रौतहट महादेव गाउँपालिका वडा नम्बर २ घर भई हाल धनुषा जनकपुर उपमहानगर वडा नम्बर ८ डेरा गरी बस्ने राउतलाई अदालतमा हाजिर हुन भनिएको छ।

Advertisement

बाटाका म्यादबाहेक ३५ दिनभित्र आफ्नो सवुद प्रमाण लिई हाजिर हुन आउनसमेत सूचनामा उल्लेख छ। हाजिर हुन नआएमा कानुनअनुसार हुने भनिएको छ।

राउत जनमत पार्टीका प्रमुख छन्। सिके राउत नेतृत्वको समूह २०७५ फागुन २४ मा सरकारसँग ११ बुँदे सहमति गर्दै मुलधारको राजनीतिमा आएको थियो।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top