विराटनगर महानगर क्षेत्रका विद्यालयहरु बन्द नहुने

विराटनगर महानगर क्षेत्रका विद्यालयहरु बन्द नहुने

१७ चैत, विराटनगर  । वायुमण्डलमा आएको खराबीको कारण देखाउँदै सरकारले देशभरका विद्यालयहरु चार दिन बन्द गर्ने निर्णय गरेको छ । तर विराटनगरमा भने विद्यालयहरु बन्द नहुने भएको छ ।

विराटनगरमा त्यसको असर देखा नपरेको तथा कोरोनाका कारण यसअघि शैक्षिक वातावरणमा असर परेको भन्दै विराटनगर महानगरले शैक्षिक गतिविधि जारी राख्न सूचनामार्फत आग्रह गरेको छ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका शिक्षण संस्था चार दिन बन्द गर्ने निर्णय गरेको हो । मन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा मन्त्रालयमा सोमबार बसेको आकस्मिक बैठकले सम्पूर्ण शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको हो।

बैठकले मंगलबारदेखि शुक्रबारसम्म सबै शिक्षण संस्था बन्द गर्ने गर्ने निर्णय गरेको हो। मन्त्री श्रेष्ठले वायुमण्डलमा देखिएको मौसम प्रतिकूलताको कारण शिक्षण संस्था बन्द गर्नुपरेको जानकारी दिए।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.