आरती स्ट्रिप्समा करेन्ट लागेर एक कामदारको मृत्यु

आरती स्ट्रिप्समा करेन्ट लागेर एक कामदारको मृत्यु

विराटनगर, असार १
मोरङको बुढीगंगा गाउँपालिका १ स्थित आरती स्ट्रिप्स प्रा.लि. मा बिहिबार करेन्ट लागेर एक जना कामदारको ज्यान गएको छ।

बिहिबार राती डिउटीकै बेला को करेन्ट लाग्दा भारत सितामढी गंगबाराबुजुर ५ घर भएका २३ वर्षीय रन्जन कुमारको उपचारका क्रममा मृत्यु भएको हो।

राती साढे १० बजे मेशीन चलाउनेक्रममा अचानक करेन्ट लागेर घाइते भएका रन्जनलाई उपचारका लागी नोबेल अस्पताल लगिएको थियो।

उनको सोही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय निमुवाले जनाएको छ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.