१८ चैत्र, विराटनगर ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले नेता घनश्याम भुसालमाथि पार्टी फुटाउन सक्रिय भएको आरोप लगाएका छन् ।
थापाले ट्वीट गर्दै चुनाव जित्यो कि फुटमा सक्रिए भएको आरोप लगाएका छन् । उनले प्रश्न गरेका छन् संयोग कि नियति ?
भुसालले अहिलेसम्म जम्मा दुई वटा निर्वाचन जितेको आरोप लगाएका छन् । भुसालले २०५१ र २०६४ सालमा जम्मा दुई वटा चुनाव जितेको उनले उल्लेख गरेका छन् ।
घनश्याम भुसालजीले जीवनमा दुई वटा मात्रै निर्वाचन जित्नुभयो, थापाले ट्वीट गरेका छन् । १. २०५१ पछि उपनिर्वाचन जित्नुभयो र ०५५ फागुनमा पार्टी विभाजनमा लागेकाले मनमोहन अधिकारीले निष्कासन गर्नुपर्यो ।
०७४ मा जित्नुभयो र पुस ५ पछि फेरि विभाजनमै जुट्नुभयो, थापाले प्रश्न गरेका छन्, चुनाव जित्यो कि फुटमा सक्रिय, संयोग कि नियति ?