×

NEPAL TIMES UPDATES

Playing
९ जना पीएचडी सांसदः ज्ञानले बदल्छ त नेपाली राजनीति? || Nepal Times
Mar 13, 2026
Playing
भारतलाई अब रुसले दिनेछ ग्यास, गर्याे यस्तो अफर|| Nepal Times
Mar 13, 2026
Playing
भारतमा जब आमाबाबुले नै छोराका लागि इच्छा मृ त्यु मागे || Nepal Times
Mar 13, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-29-2082 || Nepal Times
Mar 13, 2026
Playing
पिताको अनुपस्थितिले जिन्दगीमा रित्तोपन ल्याउँछः बालेन
Mar 13, 2026
Playing
पुटिनसँग किन लम्पसार परे ट्रम्प, हरेक दाउ ट्रम्पका लागि घातक|| Nepal Times
Mar 13, 2026
Playing
कम्बोडियामा अनलाईन स्क्यामिङमा फसेका नेपालीको उद्धार || Nepal Times
Mar 13, 2026
Playing
रास्वपा,कांग्रेस र एमालेबाट को–को बन्दैछन् समानुपातिक सांसद ? || Nepal Times
Mar 13, 2026
Playing
कहाँ बस्छन् बालेन सरकारका मन्त्री, यस्तो छ मन्त्री निवासको अवस्था || Nepal Times
Mar 13, 2026
Playing
World News: दुबईमा खस्यो ड्रो*न,Americaलाई UAEले पनि पत्याएन, हर्मुज नखुल्ने|| Nepal Times
Mar 13, 2026

संसदमा सांसदको प्रश्न, ‘प्रधानमन्त्रीलाई संसदमा सुरक्षा खतरा छ ?’

१८ चैत्र २०७७

१८ चैत, काठमाडौँ । नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडुले प्रधानमन्त्री केपी शर्मा ओली संसदको बैठकमा किन अनुपस्थित हुनुभएको भन्दै प्रश्न गरेका छन् ।

प्रधानमन्त्री ओलीले केही दिन अगाडि आफूमाथि गम्भिर सुरक्षा खतरा रहेको र कुनैपनि बखत आफूमाथि भौतिक आक्रमण हुन सक्ने आसयको अभिव्यक्ति दिएको प्रति आपत्ति जनाउँदै संसदमा अनुपस्थित हुनुको कारण सुरक्षा खतरा अथवा नैतिक खतरा के हो स्पष्ट पार्न माग गरेका हुन् ।

प्रतिनिधि सभाको बुधबारको बैठकको शुन्य समयमा बोल्दै सांसद बडुले प्रधानमन्त्रीको सुरक्षा खतरा बढ्नुको यथार्थ के हो र गृह मन्त्रालयले के कस्तो व्यवस्था गरेको छ संसदमा जानकारी गराउन माग गरे ।

उनले प्रधानमन्त्री जस्तो जिम्मेवार व्यक्तिले आफ्नै देशको सुरक्षा व्यवस्था र सुरक्षा क्षमता माथि प्रश्न उठने गरि गैह्रजिम्मेवार, असत्य र बनावटी अभिव्यक्ति दिनु गलत भएको भन्दै सरकारको जवाफ माग गरे ।

नेपाली कांग्रेसका अर्का सांसद दिव्यमणि राजभण्डारीले भारत सहित संसारभर फेरी कोरोना फैलिरहेको र त्यो अनुसार नेपालमा पनि संक्रमण बढ्ने देखिएको बताए ।

त्यस अनुसार सरकारको तयारी नपुगेको बताए । सरकारले खोप उपलब्ध गराउने, पीसीआर परीक्षण, उपचार व्यवस्था, जमघट सभा घटाउन, क्वारेन्टाइन र आइसोलेसनको अवस्था र जनचेतना फैलाउन सरकारले के कस्तो काम गरेको छ त्यस सम्बन्धमा जानकारी माग गरे ।

उनले कोभिड संक्रमण रोकथामका लागि सर्वदलीय बैठकको समेत माग गरे । कांग्रेस सांसद बालकृष्ण खाँडले यही चैत्र १५ गते आइतबार बाग्लुङ जिल्लाको प्युठान जिल्लासँग रहेको सिमानमा अवस्थित बडिगाउँ गाउँपालिका वडा नं. १०मा हिंसात्मक घटना घटेको र उक्त आक्रमण पछि नेपाली कांग्रेसका बागलुङ जिल्ला सदस्य प्रकाश कुँवर र स्थानीय नेता दीपक परियारको हत्या भएको र दर्जनौं मान्छेहरु घाइते भएकोप्रति अविलम्ब छानविन गरी अपराधिलाई कारबाही गर्न माग गरे ।

कांग्रेस सांसद डिला संग्रौंलाले विश्वव्यापी कोरोना महामारिका कारण लाखौं नेपाली श्रमिकले विदेशमा रोजगारी गुमाएको उल्लेख गर्दै दशौं हजार नेपाली स्वदेश फर्किसकेको र उनीहरुको पुनस्थापनाका लागि सरकारले कुनै पहल नगरेको बताइन् ।

त्यस्तै कोरियामा काम गर्न जान भाषा परीक्षा उत्तिर्ण भएर बसेका श्रमिकहरु कोरिया जान नपाएर अन्योलमा परेको बताइन् । उनले नेपाल सरकारलाई कोरिया सरकारसँग वार्ता गरेर समस्या समाधान गर्न आग्रह गरिन् ।

कांगे्रस सांसद देवेन्द्रराज कँडेलले सरकारले भ्रट्राचारीको संरक्षणमा सुरक्षाकर्मी खटाएको बताए । भ्रट्राचारको प्रकरणमा राजीनामा समेत दिएका पूर्व सञ्चार मन्त्रीलाई गृहमन्त्रालयले सम्मान स्वरुप ‘बाईवान गेट टु’ उपहार स्वरुप दुई जना सेट सहित सुरक्षाकर्मी दिएको भन्दै आपत्ति जनाए । यसबाट भ्रष्ट्राचारीलाई सुरक्षा दिने नीति सरकारले लिएको स्पष्ट हुने बताए ।

कांग्रेस सांसद प्रकाश रसाईली स्नेहीले बझाङ जिल्ला साइपाल गाउँपालिकाका उपाध्यक्ष कल्पना बोहोराले संघीय सरकारका मन्त्रालय देखि विभिन्न निकायमा स्थानीय नागरिकलाई चामल खुवाउन पाउँ भन्दै धाएको विषय उल्लेख गर्दै अहिले देशका विकट क्षेत्रमा खान नपाएर मर्नुपर्ने अवस्था आएको भन्दै सरकारको ध्यानाकर्षण गराए । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बझाङका जनताले चामल खान पाउने की नपाउने भन्दै प्रश्न समेत गरे ।

नेपाल कम्युनिष्ट पार्टी (मओवादी केन्द्र)की सांसद पूर्णकुमारी सुवेदीले विस्तृत शान्ति सम्झौताका कामहरु पुरा हुन किन ढिलाई भइरहेको छ भन्दै सरकारको ध्यानाकर्षण गराइन ।

यस्तै सत्यनिरुपण तथा मेलमिलाप आयोगका कामहरुको बारेमा जानकारी माग गरिन । बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगको अहिले सम्मको कार्यप्रगतिको बारेमा समेत जानकारी गराउन सरकारको ध्यानाकर्षण गराइन । माओवादी केन्द्रका सांसद टेकबहादुर बस्नेतले प्रतिनिधि सभा पुनस्थापना भएपछि सरकारको उदासनिताका कारण प्रतिनिधि सभा शुन्य समयमा समिति भएको बताए ।

यस्तै सरकारले ‘जिल्ला लोकतन्त्रका योद्धा अभिलेखिकण २०७७’ भन्ने गोप्य समिति बनाएको पाइएको र यो भनेको के हो र किन बनाइएको भन्दै सरकारको ध्यानाकर्षण गराए । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद दलबहादुर रानाले नेपाल सरकारले छिटो छरितो माध्यमबाट पुल निर्माण कार्य सम्पन्न गरी जनतालाई सेवा सुविधा दिन ध्यानाकर्षण गराए ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत निर्माण भइरहेका १७ सय ९३ वटा पुलहरु मध्ये पुलको निश्चित लम्बाई भन्दा माथिका, केन्द्रीय सडक योजना भित्र परेका र निर्माण कार्य शुरु भइसकेका बाहेक सबै पुलहरु स्थानीय पूर्वाधार विकास विभागलाई हस्तान्तरण गर्न माग गरे ।

नेकपा एमालेका सांसद नवराज शिलवालले जेनेभा स्थित इन्टर पार्लामेन्ट युनियनले नेपालका अधिकांश सांसदहरु सार्वजनिक यातायातमा संसद पुग्नेगरेको र कुनै कार्यालय राख्न नसकेको तरपनि राम्रो काम गरेको उल्लेख गरी रिपोर्ट सार्वजनिक गरेको बताए । उनले यस्तो समस्या समाधान गर्न संसदका लागि बजेट बढाउन माग गरे ।

नेकपा एमालेका सांसद नारायणप्रसाद खतिवडाले नुवाकोटको ककनी, बेलकोटगढी र धादिङको धुनिवेसीका स्थानीयले सिसडोल डम्पिङ साइडमा फोहोर फाल्न रोकेको प्रति आफ्नो एकवद्धता रहेको बताए । उनले स्थानीयका माग पुरा गरी फोहोर व्यवस्थापन गर्ने कार्य अगाडि बढाउन सरकारसँग माग गरे ।

नेकपा एमालेकी सांसद पार्वती कुमारी बिशुन्केले दैलेख जिल्लाकी आठबीस नगरपालिका वडा नं. ३ की ३५ वर्षिय गर्भवती सुकु बडुवालले ४ छोराछोरी सहित घरेलु हिंसाबाट प्रताडित भई यही फागुन २३ गते अन्तर्राष्ट्रिय महिला दिवसको दिन कर्णाली नदीमा सामुहिक आत्महत्या गरेको बताइन । यस्ता घटना न्यूनीकरणका लागि माग गरिन । उनले सम्बन्धित कानूनमा पुनरविचार गर्न समेत माग गरिन ।

भर्खरको समाचार

इरानको सैन्य क्षमता समाप्त भएको ट्रम्पको दाबी

U.S. President Donald Trump, who is being treated for the coronavirus disease (COVID-19) in a military hospital outside Washington, speaks from his hospital room, in this still image taken from a video supplied by the White House, October 3, 2020. The White House/Handout via REUTERS THIS IMAGE HAS BEEN SUPPLIED BY A THIRD PARTY.

युद्ध अझै चर्कन सक्ने चिन्ता

Screenshot 2026-03-12 085015

सरकार गठनको प्रक्रिया थाल्दै रास्वपा

balen rabi rasopa team

बादल मुछिएको ज्यानमुद्दामा अनुसन्धान गर्न सर्वोच्चको परमादेश

bed81832-fed9-4125-851f-e509c507d70c

कोमामा रहेका भनिएका खामेनीले रगतको बदला लिने,होर्मुज’को अवरोध नखुल्ने

trump khameni missiel

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

सम्बन्धित खबरहरु

Scroll to Top