विराटनगर,असार १
विश्वकप फुटबलमा आज तीन खेल हुँदैछन् । समूह ‘ए’को दोस्रो खेलमा इजिप्टले उरुग्वेको सामना गर्दैछ ।
यो खेल नेपाली समयअनुसार साँझ पौने ६ बजे सुरु हुनेछ । आजै समूह ‘बी’का दुई खेल हुनेछन् । नेपाली समयअनुसार बेलुकी पौने ९ बजे मोरक्को र इरान भिड्दा राति पौने १२ बजे स्पेन र पोर्चुगल आमने–सामने हुनेछन् ।
स्पेन र पोर्चुगलबीचको खेललाई समूह चरणको सबैभन्दा कठिन खेलकारुपमा हेरिएको छ । यो खेलमा पराजित हुने टोलीको अघिल्लो चरणको यात्रा कठिन बन्नसक्छ । क्रिस्टियानो रोनाल्डोको पोर्चुगल साविक युरोपियन च्याम्पियन हो ।
दुई वर्षअघि युरो च्याम्पियनसिप जित्दा फाइनलमा फ्रान्सलाई हराएको पोर्चुगिज टिममा अहिलेपनि तिनै खेलाडीहरुको बाहुल्यता रहेको छ ।
स्पेनमा पनि विश्वकै चर्चित खेलाडीहरु रहेका छन् । आजका अन्य खेल मध्य स्पेन र पोर्चुगलको खेल निकै रोचक हुने अपेक्षा गरिएको छ ।