कोरोनाभाइरसको उत्पत्तिबारे डब्ल्यूएचओको नयाँ रिपोर्ट सार्वजनिक

१९ चैत्र, बीबीसी ।
कोरोनाभाइरसको उत्पत्तिको विषयमा विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को एउटा रिपोर्ट सार्वजनिक भएको छ ।

डब्ल्यूएचओको एक समूह यो विषयमा अनुसन्धान गर्न चीन भ्रमण गएको थियो । अनुसन्धान टीमको रिपोर्टमा कोरोना महामारीको विषयमा केही महत्वपूर्ण जानकारी दिइएको छ ।

डब्ल्यूएचओका महानिर्देशक डाक्टर टेड्रोस एडनहोम गेब्रेयाससले भने, ‘यो रिपोर्ट एउटा निकै राम्रो सुरुवात हो तर यो अन्त्य होइन । हामीले अहिले नै भाइरसको स्रोतको जानकारी पाएका छैनौं ।’

Advertisement

चीनका १७ विशेषज्ञ र १७ अन्तर्राष्ट्रिय विशेषज्ञको समूहको अनुसन्धानपछि यो दस्तावेज तयार गरिएको हो ।

यो अनुसन्धान समूह जनवरीको अन्त्यमा चीन पुगेको थियो जहाँ १४ दिनसम्म उनीहरुले अस्पताल, बजार र प्रयोगशालाको भ्रमण गरे ।

Advertisement

उनीहरुले आधिकारिक डाटा संकलन गरे, अन्य देशको अध्ययनको समीक्षा गरे र दक्षिण चीनको बजारमा आपूर्ति गर्नका लागि खेतबाट लिइएको नमूनाको विश्लेषण गरे ।

यद्यपि, यो अनुसन्धान स्थानीय प्राधिकरणको कडा नियन्त्रणमा गरियो जसले सुरुमा यसको विरोध पनि गरेका थिए ।

भाइरसको उत्पत्तिको विषयमा चार निष्कर्षः

१२० पानाको रिपोर्टमा भाइरसको उत्पत्ति र मानिसमा यो कसरी फैलियो भन्ने विषयमा चार सम्भावना जारी गरिएको छ ।

यहाँ भेटिएको प्रमाणको आधारमा विशेषज्ञले निष्कर्ष निकालेका हुन् ।

१. भाइरस जनावरबाट मानिसमा कसरी पुग्यो होला ?

रिपोर्ट अनुसार मानिससम्म पुगेको कोरोनाभाइरसको उत्पत्ति जीव–जन्तुमार्फत् नै भएको हो भन्ने ठोस् प्रमाण छ ।

दस्तावेजका अनुसार चमेरोमार्फत् नै मानिसमा यो भाइरस पुगेको हुनसक्छ । चमेरो यस्तो जीव हो जसमा थुप्रै भाइरस हुन्छन् । यो मानिसमा सजिलै फैलन सक्छ ।

रिपोर्टमा पेंगोलिन वा मिंकमार्फत् पनि यो भाइरस मानिससम्म पुगेको हुनसक्ने सम्भावना जताइएको छ ।

२. जनावरबाट मानिसमा संक्रमण फैलनुमा अर्को एउटा जीव पनि हुनसक्ने सम्भावनाः

रिपोर्टमा जताइएको सम्भावना अनुसार जुन जीव–जन्तुलाई पहिलो पटक कोरोना भएको थियो, त्यसले मानिसभन्दा अघि अन्य कुनै जनावरलाई संक्रमित गरेको हुनसक्छ । उक्त दोस्रो संक्रमित जनावरबाट पुनः मानिसमा संक्रमण भएको हुनसक्छ ।

यो त्यो तथ्यमा आधारित छ जसमा चमेरोमा पाइएको सार्स–कोभिड–टु सँग सम्बन्धित थुप्रै भाइरसबीच केही भिन्नता छन् जसले बीचमा कुनै ‘कडी गायब’ छ भनेर बताउँछ ।

यो गायब कडी एउटा जनावर हुनसक्छ जुन पहिलो पटक संक्रमित भएको जनावर र मानिस दुबैको सम्पर्कमा आएको हुनसक्छ ।

दस्तावेजमा उल्लेख गरिए अनुसार सार्स–कोभिड–टु का लागि अति संवेदनशील जनावरको बढ्दो संख्यामा जंगली जनावरमा पनि समावेश छन् जुन खेतीका लागि पालिन्छन् ।

अनुसन्धानकर्ताका अनुसार यो सम्भावनाले यस्तो गुत्थीतर्फ लिएर जान्छ जसलाई सुल्झाउन मुश्किल छ ।

३. खाद्य सामग्रीमार्फत् मानिसहरुसम्म पुगेको सम्भावनाः

यो परिकल्पनाका अनुसार कोभिड–१९ भाइरस खाद्य सामग्री वा ती सामान राख्ने कन्टेनर्समार्फत् मानिसहरुमा पुगेको हो ।

यसमा फ्रोजन फूड समावेश छ जुन साधारणतया ऊहानको बजारमा बेचिन्छ ।

यो सम्भावनाका लागि प्रमाण छ । सार्स कोभिड–टु संक्रमित फ्रोजन उत्पादनमा रहिरहन सक्छ । पछिल्लो समयमा चीनको सरकारी मिडियामा पनि बारम्बार यो कुरामा जोड दिइएको छ । उनीहरुको इशारा विदेशबाट आउने सामान तर्फ भइरहेको छ ।

यद्यपि, डब्ल्यूएचओको दस्तावेज अनुसार सार्स कोभिड–टु भाइरसको खानामार्फत् संचारणको कुनै निर्णायक प्रमाण छैन र भाइरस कोल्ड चेनबाट फैलिएको हुनसक्ने सम्भावना पनि निकै कम छ ।

४. भाइरस प्रयोगशालाबाट मानिसमा फैलने सम्भावना कमः

प्रयोगशालमा भएको एक दुर्घटनाका कारण यो भाइरस त्यहाँका कर्मचारीमा फैलिएको हुनसक्ने सम्भावना पनि जताइएको छ ।

कसैले जानीजानी भाइरस फैलाएको थियो भन्ने विषयमा विश्लेषण नगरिएको दस्तावेजले स्पष्ट पारेको छ ।

के भाइरस प्रयोगशालामा निर्मित गरिएको थियो भन्ने बारे उनीहरुले सोधपुछ गरेका छैनन् किनभने भाइरस जिनोमको विश्लेषणको आधारमा यो सम्भावनालाई पहिले नै अन्य वैज्ञानिकले खारेज गरिदिएका छन् ।

रिपोर्टले प्रयोगशालामा यस्ता दुर्घटना दुर्लभ हुने तर यस्तो हुनसक्ने सम्भावना स्वीकार गरेको छ ।

दस्तावेजले भन्छ, ‘भाइरसको वृद्धि, जनावरमा खोप वा क्लिनिकल स्याम्पलसँग काम गर्नेबेला सिमित सुरक्षा वा लापरवाहीका कारण प्रयोगशालामा मानिस संक्रमित हुनसक्छ ।’

यद्यपि, रिपोर्टमा ‘डिसेम्बर २०१९ अघि कुनै प्रयोगशालामा सार्स–कोभिड–टु सँग सम्बन्धित भाइरस वा संयोजनले सार्स–कोभिड–टु जिनोम बन्ने जिनोम्सको रेकर्ड नभेटिएको’ बताइएको छ ।

डब्ल्यूएचओका अनुसार कोरोनाभाइरसमा काम गर्ने तीन ऊहान प्रयोगशालामा ‘उच्च–गुणवत्तायुक्त जैव सुरक्षा स्तर’ छ । यहाँ एकजना पनि कर्मचारीलाई डिसेम्बर २०१९ देखि महिना वा हप्ता अघि कोभिड–१९ सँग सम्बन्धित कुनै लक्षण भेटिएको थिएन ।

यद्यपि, टेड्रोस एडनहोमले भाइरस प्रयोगशालाबाट फैलिएको विषयमा अधिक ठोस निष्कर्षमा पुग्नका लागि थप डाटा वा अध्ययन आवश्यकता भएको बताएका छन् ।

उनले भने, ‘टिमले निष्कर्ष निकालेको छ कि प्रयोगशालाबाट भाइरस लिक भएको सम्भावना कम छ । यो सम्बन्धमा थप अनुसन्धान गर्न आवश्यक छ ।’

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Scroll to Top