×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

बिमस्टेक बैठक: सम्पर्क सञ्जाल विस्तार, ऊर्जा, व्यापार, लगानी प्रवर्द्धनमा नेपालको जोड

२० चैत्र २०७७

२० चैत, काठमाडौँ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास बिमस्टेकका परराष्ट्रमन्त्रीहरूको १७ औँ बैठकमा पाँचौ शिखर सम्मेलनको घोषणापत्रबारे छलफल भएको छ । पाँचौँ शिखर सम्मेलन यसै वर्षको नोभेम्बरमा गर्ने तयारी छ ।

तीन वर्षअघि काठमाण्डौमा चौथो शिखर सम्मेलनपछि बिमस्टेकको पाँचौ शिखर सम्मेलन भएको छैन । श्रीलङ्काले गरेको भर्चुअल बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरेका थिए । नेपाल सन् २००४ देखि बिमस्टेकमा आबद्ध भएको हो ।

Advertisement
Advertisement

अतिकम विकसित र भूपरिवेष्टित विकासोन्मुख देशहरूको उन्नतिका लागि सम्पर्क सञ्जाल विस्तार, ऊर्जा, व्यापार, लगानी, पर्यटन र कृषि प्रवर्द्धनमा केन्द्रित हुनुपर्ने आवश्यकतामा नेपालले जोड दिएको छ । सम्मेलनलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बिमस्टेक जस्तो गतिशील सङ्गठनले आर्थिक वृद्धिलाई बढावा दिने, नवप्रवर्तन बढाएर विकास र समृद्धिलाई टेवा दिन सक्ने बताए ।

साथै उनले बिमस्टेक देशका नागरिकलाई गरिबी र भोकमरीविरुद्ध लड्दै मर्यादित रोजगारीको सुनिश्चितता तथा दिगो जीवनयापन झनै चुनौतीपूर्ण बनेको बताए । ‘सदस्य राष्ट्रहरूको सुदृढ राजनीतिक इच्छा र प्रतिबद्धताबाटै यो क्षेत्रीय सङ्गठनलाई अघि बढाउन सकिन्छ, बिमस्टेक देशका नागरिकको जीवनमा सकारात्मक परिवर्तन गर्ने परिणाममूलक मार्गचित्र बनाउन अपरिहार्य भएको छ’, मन्त्री ज्ञवालीले भने ।

तीन वर्षअघि काठमाण्डौमा सम्पन्न बिमस्टेकको चौथौ शिखर सम्मेलनले परिकल्पना गरेको अझ उपयुक्त बिमस्टेकको संरचनागत रूपरेखा तथा कानुनी प्रावधानको स्मरण गर्दै उनले क्षेत्रीय सहयोग प्रवर्द्धन तथा यस क्षेत्रका नागरिकको बृहत् लाभका लागि पाँचौँ शिखर सम्मेलनलाई सफल तुल्याउनुपर्नेमा जोड दिए ।

बैठकले पाँचौँ शिखर सम्मेलनमा आपराधिक गतिविधि नियन्त्रण गर्न पारस्परिक सहायतासम्बन्धी बिमस्टेक सन्धि, कोलम्बोमा बिमस्टेक प्रविधि हस्तान्तरण केन्द्र स्थापना गर्नेसम्बन्धी नियम, बिमस्टेक राष्ट्रका कुटनीतिक प्रतिष्ठान÷प्रशिक्षण प्रतिष्ठानबीच पारस्परिक सहयोग गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षरका लागि सिफारिस पनि गरेको छ ।

बिमेस्टेकमा नेपाल, भारत, बङ्गलादेश, भुटान, म्यानमार, श्रीलङ्का र थाइल्याण्ड छन् ।

Advertisement

बैठकमा म्यानमारमा भइरहेको नरसंहारको विषयमा अन्य देशले कुरा उठाउने अपेक्षा गरिए पनि कुनै पनि देशका परराष्ट्रमन्त्रीले म्यानमारमा भएको नरसंहारको विषय उठाएनन् ।

भर्खरको समाचार

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

सम्बन्धित खबरहरु

Scroll to Top