Nepal Times
Nepal Times
3
Shares

आज पाँचौं अन्तर्राष्ट्रिय फ्याक्ट चेकिङ अर्थात तथ्य जाँच दिवस मनाइँदै

आज पाँचौं अन्तर्राष्ट्रिय फ्याक्ट चेकिङ अर्थात तथ्य जाँच दिवस मनाइँदै

२० चैत, काठमाडौँ । आज पाँचौं अन्तर्राष्ट्रिय फ्याक्ट चेकिङ अर्थात तथ्य जाँच दिवस मनाइँदैछ ।

विभिन्न समाचार, सूचना तथा सामाजिक सञ्जालबाट प्रकाशन/प्रसारण हुने कुराको तथ्य जाँच गर्ने संस्थाहरुले यो दिवस मनाउँदै छन् ।

सन् २०१६ मा अर्जेन्टिनामा भएको विश्वभरका तथ्य जाँचकीहरुको भेलाले इन्टरनेशनल फ्याक्ट चेकर्स नेटवर्कको स्थापना गरेर हरेक वर्षको अप्रिल २ तारिखलाई अन्तर्राष्ट्रिय ’फ्याक्ट चेकिङ डे’को रुपमा मनाउने निर्णय गरेको थियो । अहिले विश्वभर एक सयभन्दा धेरै फ्याक्ट चेकर्स अर्थात तथ्य जाँच गर्ने संस्थाहरु रहेका छन् ।

आम नागरिकमा सञ्चारमाध्यम र सामाजिक सञ्जालको पहुँच बढेसँगै मिथ्या सूचना सम्प्रेषण पनि बढेको र यसले समाजमा विभिन्न समस्या पैदा गरेको भन्दै सही सूचना दिने काममा तथ्य जाँचकी संस्थाहरुले सक्रियतापूर्वक काम गरिरहेका छन् ।

नेपालमा पनि पानस साउथ एसिया अन्तर्गतको साउथ एसिया चेकले विभिन्न मिथ्या सूचनाको जाँच गरेर सही सूचना दिने काम गर्दै आएको छ ।

साउथ एसिया चेकका सम्पादक दीपक अधिकारीले विशेष गरी राजनीतिक दलका नेताहरुले बोलेका कुरा र सामाजिक सञ्जालमा भाइरल भएका कुरालाई जाँच गरेर तथ्यपूर्ण सूचना सम्प्रेषण गरिरहेको बताए ।

नेपाल सूचना प्रविधिको विकासकै क्रममा रहेको र यससम्बन्धी धेरैलाई कम मात्रै ज्ञान रहेकाले मिथ्या सूचना फैलने र त्यसैलाई विश्वास गर्ने समस्या धेरै देखिएको अधिकारीको भनाइ छ ।

मिथ्या सूचनाको जोखिम घटाउन सबैजना जिम्मेवार बन्नुपर्ने र सूचनाको आधिकारिकतामा ध्यान दिनुपर्ने सम्पादक अधिकारीको सुझाव छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.