×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

आरबीबी महिला राष्ट्रिय भलिबल च्याम्पियनसिपमा नेपाल पुलिस क्लबको रोमाञ्चक जित

२१ चैत्र २०७७

२१ चैत, काठमाडौं । दुई सेटले पछि परेको स्थितिलार्य उल्टाउँदै नेपाल पुलिस क्लबले शनिबार आरबीबी महिला राष्ट्रिय भलिबल च्याम्पियनसिपमा विभागीय प्रतिद्वन्द्वी एपिएफमाथि रोमाञ्चक जित निकालेको छ ।

त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कर्भडहलमा भएको खेलमा पुलिसले एपिएफलाई ३–२ को सेटमा हराएको हो । सुरुआती दुई सेटमा २५–२० र ३०–२८ को जित निकालेको एपिएफले त्यसपछिका तीनवटै सेट गुमाएको थियो । तेस्रो सेटमा २३–२५ को प्रतिस्पर्धात्मक जित निकालेको पुलिसले चौथो सेटमा २५–१९ को सहज जित निकालेको थियो । निर्णायक सेटमा २५–११ ले आफ्नो पक्षमा पार्दै पुलिसले एपिएफमाथि रोमाञ्चक जित निकलेको हो । यससँगै पुलिसले लिगमा लगातार दोस्रो जित निकालेको छ । २ खेलबाट पुलिसको अंकतालिकामा ५ अंक भएको छ । पुलिस लिगको तेस्रो स्थानमा रहेको छ । उता नतिजा सुम्पिएको एपीएफको यो पहिलो हार हो । एपीएफले २ खेलमा ४ अंक जोडेको छ ।

Advertisement
Advertisement

Advertisement

प्रतियोगिता अन्तर्गत शनिबारकै अर्को खेलमा न्यु डायमण्ड स्पोट्र्स क्लबले भरतपुर मेट्रो खेलकुद परिषदलाई ३–० को सेटमा पराजित गर्दैे जारी लिगमा दोस्रो जित निकालेको छ । भरतपुरमाथि न्यु डायमण्डले २५–१२, २५–७ र २५–१७ को सेटमा जित निकालेको हो । यस जितसँगै न्यु डायमण्ड महिलातर्फ लिगको शीर्ष स्थानमा उक्लिएको छ । न्यु डायमण्डले ३ खेलमा ७ अंक जोडेको छ । पराजित भरतपुरको यो लगातार दोस्रो हार हो । शनिबार नै भएको पहिलो खेलमा आर्मीले ढोरपाटनलाई पनि ३–० को सोझो सेटमा स्तब्ध बनायो । सुखद नतिजा निकालेको आर्मीले २ खेलमा ५ अंक जोडेको छ । उता पराजित ढोरपाटनको यो लगातार तेस्रो हार हो । यस्तै पुरुष तर्फको खेलमा विभागीय टोली एपिएफले सामाजिक युवा क्लबमाथि ३–० को सहज जित निकाल्यो । एपिएफले २५–१२, २५–१६ र २५–१६ को सहज जित निकालेको हो ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top