×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

ठमेलस्थित चिनियाँ नागरिकको डेरामा लुटपाट गर्ने चार जना प्रहरी नियन्त्रणमा

२२ चैत्र २०७७

२२ चैत, काठमाडौँ । काठमाडौँ ठमेलमा रहेको एक चिनियाँ नागरिकको डेरामा लुटपाट गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौँ महानगरपालिका–२६ ठमेलस्थित चिनियाँ नागरिक युन जाओमेनको डेरामा गत सोमबार लुटपाट भएको थियो।

Advertisement
Advertisement

लुटपाटमा संलग्न भएको भन्दै महानगरीय प्रहरी वृत्त लैनचौरले शुक्रबार र शनिबार चार जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा काठमाडौं कागेश्वरी मनोहरा–६ शिवचोकबाट २८ वर्षीय फुलकाजी तामाङ, २४ वर्षीय अमिर तामाङ, गोकर्णेश्वर नगरपालिका–३ गोकर्णबाट २८ को बुद्ध तामाङ र २८ वर्षीय रोशन लामा छन्।

फूलकाजी, अमिर र बुद्धलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो भने रोशनलाई शनिबार पक्राउ गरेको हो।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक रमेश बस्नेतका अनुसार उनीहरूले चिनियाँ नागरिक जाओमेनको डेरामा सोमबार राति सवा नौ बजे लुटपाट गरेका थिए।

उनीहरूले मुकुन्डो लगाएर कोठाभित्र प्रवेश गरेको बस्नेतले बताए। भित्र प्रवेश गरी चिनियाँ नागरिक जाओमेन, उनकी श्रीमती अञ्जली तामाङ, सालाहरू प्रवेश तामाङ र पासाङ तामाङलाई धारिलो हतियार देखाएर नियन्त्रणमा लिएका थिए।

उनीहरूको हातखुट्टा टेपले बाँधी कोठाभित्रको धनमाल लुटेको प्रहरीले जनाएको छ।

पीडितले दिएको जानकारीका अनुसार उनीहरूले २० लाख नगद, २८ हजार ६ सय ८० रुपैयाँ बराबरको एउटा सुनको तिलहरी, दुइटा सुनको औंठी, दुइटा सुनको सानो बाला र एउटा ठूलो बाला लुटेका थिए।

प्रहरीले पक्राउ परेकाबाट ७ लाख ९२ हजार ५ सय रुपैयाँ, ६ हजार १ सय ७० युआन, एउटा तिलहरी, दुइटा सुनको बाला, कानमा लगाउने रिङ, सुनको औंठी र ठूलो सुनको बाला बरामद गरेको छ।

Advertisement

उनीहरूमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top