×

NEPAL TIMES UPDATES

Playing
गौरी प्रतिवेदनलाई कांग्रेसको चुनौती? बाध्यकारी छैन, मुद्दा चलाउने अधिकार हुँदैन || Nepal Times
Apr 15, 2026
Playing
०६२ यताका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन || Nepal Times
Apr 15, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-02-2083 || Nepal Times
Apr 15, 2026
Playing
संसदको पहिलो अधिवेशन : बालेनको मौनता र नयाँ सांसदको चकचक || Nepal Times
Apr 15, 2026
Playing
बालेन र रविबीच मत नमिलेका घ टनाहरु || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज नाकाबन्दी तोड्न चीनको ’महाशक्तिशाली’ नेभी आउला ? || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज खोल्ने युरोपको ब्लू प्रिंट तयार, अमेरिका माइनस, चीन–भारतलाई निम्तो || Nepal Times
Apr 15, 2026
Playing
बाबुरामको प्रलोपा ६ महिनामै छिन्नभिन्न || Nepal Times
Apr 15, 2026
Playing
पूर्णबहादुरलाई सोधियो ७ दिने स्पष्टीकरण, खड्काले जवाफ नै नदिने || Nepal Times
Apr 15, 2026
Playing
World News: इटालीले तोड्यो इजरेलसंगको सम्झौता,इस्लामावाद वार्ता हुने,विहारमा आए सम्राट|| Nepal Times
Apr 15, 2026

किन चुनाव नै चाहन्छन् ओली ? (भिडियो सहित)

२२ चैत्र २०७७

२२ चैत, काठमाडौं । संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णय असंवैधानिक ठहरिसक्यो तरपनि प्रधानमन्त्री ओली त्यसलाई मान्न तयार छैनन् ।

अझ, संसद विघटन गर्नुको औचित्य पुष्टि हुँदै गएको बताउँदै संसद विघटन गरेर ठिक गरेँ भन्ने जिकिर गर्छन् । गत चैत १३ गते नेकपा एमालेका अध्यक्ष समेत रहेका ओलीले जारी गरिएको अन्तरपार्टी निर्देशनमा समेत सर्वोच्च अदालतको संसद पुनस्र्थापना गर्ने फैसलाले निकास दिन नसकेको भन्दै बाध्यताबस फैसला कार्यान्वयन गरिएको उल्लेख गरिएको छ । लेखिएको छ– प्रतिनिधिसभा विघटन गरेर नयाँ निर्वाचनमा जाने अधिकार प्रधानमन्त्रीमा निहित रहने संसदीय शासन प्रणालीका विश्वव्यापी सिद्धान्त र अभ्यासका साथै हाम्रो संविधानसँग अदालतको उक्त फैसला मेल खाँदैन ।

Advertisement
Advertisement

विद्यमान राजनीतिक परिस्थितिभित्र प्रतिनिधिसभाबाट मुलुकमा राजनीतिक स्थिरता र अग्रगति हासिल गर्न सहज छैन भन्ने तथ्य प्रतिनिधिसभा पुनस्र्थापना यताका एक महिनाका घटनाक्रमले नै पुष्टि गरिरहेका छन् । प्रधानमन्त्री ओली नै बारम्बार सार्वजनिक कार्यक्रमहरुमा बोल्दै, राजनीतिक खिचातानी र अन्यौलता सिर्जना हुन लागेकाले निकासका लागि संसद विघटन गरेको बताउँदै आफूले गरेको निर्णय नै ठिक भएको जिकिर गर्छन् । शनिबार प्रधानमन्त्रीको सरकारी निवासमा आयोजित एक कार्यक्रममा बोल्दै उनले व्यक्तिगत स्वार्थ हावी हुन थालेकाले नयाँ जनादेशका लागि संसद विघटन गरेको बताए ।

संसद पुनस्र्थापनापछिका हरेक जसो कार्यक्रममा उनले विघटनको औचित्य पुष्टि गर्दै आफूले गरेको निर्णयलाई सही सावित गर्न खोज्छन् । बारम्बार राजनीतिक खिचातानी बढेकाले त्यसका विरुद्धमा संसद विघटन गरेको दाबी गर्ने ओलीले भनेजस्तै संसद पुनस्र्थापनापछि पनि राजनीतिक अन्यौलता बढि नै रहेको छ । पुनस्र्थापित संसदले विजनेश नपाउँदा वैठक र कार्यसूचीमा असर परेको छ । ओली सरकार ढाल्ने र नयाँ सरकार गठन गर्ने खेलका बीच नेपालको राजनीति अन्यौलग्रस्त हुँदा त्यसका असर सामाजिक, आर्थिक क्षेत्रमा परिरहेको छ ।

यस्तो परिस्थितीबाट सहज अवतरण गर्न निर्वाचन मात्रै एउटा विकल्प हो भन्दै प्रधानमन्त्री ओलीले अझै पनि निर्वाचनमा जानुपर्ने बताइरहेका छन् । अब वैधानिक बाटोबाट संसद विघटन गरेर निर्वाचनमा गइ नयाँ जनादेश पाएपछि मात्र राजनीतिक निकास हुने उनको दाबी छ । सरकार बनाउने र गिराउने खेलले निकास नदिने उनको बुझाई छ । पुष ५ मा संसद विघटन गरेर गल्ती गरिँन भनेर देखाउन पनि ओलीले राजनीतिक अन्यौलता चिर्न निर्वाचनलाई मात्रै विकल्प देखिरहेका छन् । निर्वाचनमा आफ्नो पक्षमा दुई तिहाई बहुमत आउने ढाडस दिने ओली त्यहि बहुमतको आशा राख्दै चुनाव मै होमिन चाहन्छन् ।

 

Advertisement

 

भर्खरको समाचार

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

सम्बन्धित खबरहरु

Scroll to Top