कतार प्रहरीको लागि कुनै ‘डिमाण्ड’ नआएकाले ठगीबाट बच्न विभागको आग्रह

२३ चैत, काठमाडौँ । कतार प्रहरीमा पठाइदिने भन्दै पैसा ठग्न खोज्ने म्यानपावर तथा एजेण्टबाट बच्न वैदेशिक रोजगार विभागले आग्रह गरेको छ ।

पछिल्लो समय कतार प्रहरीमा पठाइदिने भनेर विभिन्न म्यानपावरहरुले श्रमिकबाट पासपोर्ट सङ्कलन गर्ने, अन्तर्वार्ता लिने, पैसा माग्ने लगायतका अवैधानिक कार्यहरु गरिरहेको भन्दै त्यसबाट बच्न विभागले आग्रह गरेको हो ।

वैदेशिक रोजगारीको गन्तव्य देश कतारमा नेपाली कामदार पठाउने काम निरन्तर चलिरहेको तर कतार प्रहरीको लागि नै भनेर कुनै पनि ‘डिमाण्ड’ नआएको विभागले जनाएको छ ।

Advertisement

कतारमा रहेको नेपाली दूतावासबाट कतार प्रहरीको लागि भनेर कुनै मागपत्र प्रमाणीकरण भइ नआएको र विभागबाट पनि त्यस्तो पूर्व स्वीकृति नदिइएको विभागले प्रष्ट पारेको छ ।

यस्तै कुन–कुन गन्तव्य देशमा के–कस्तो कामको लागि कति सङ्ख्यामा कामदारको माग आएको तथा कुन म्यानपावरले पठाउने लगायत सम्पूर्ण जानकारीको लागि विभागको वेबसाइट मार्फत यकिन गरेर सम्भावित ठगीबाट बच्न पनि विभागले आग्रह गरेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top