वित्तीय सहायता बिना चलचित्र क्षेत्र चलायमान हुँदैनः नीर शाह

२३ चैत, काठमाडौँ । वरिष्ठ कलाकार नीर शाहले औद्योगिक चरित्र हासिल गर्न नसकेका कारण चलचित्र क्षेत्र उद्योगको रुपमा स्थापित हुन नसकेको बताएका छन् ।

नेपाल चलचित्र निर्देशक समाजको १३ औं वार्षिक साधारणसभामा बोल्दै वरिष्ठ कलाकार शाहले चलचित्र क्षेत्रको विकासका लागि सरकारले नीति नियम बनाएपनि औद्योगिक चरित्र हासिल नभएसम्म उद्योगको रुपमा स्थापित हुन नसक्ने बताए ।

यस्तै चलचित्र क्षेत्र आफै राष्ट्रिय स्तरको बन्न नसकेको पनि शाहले बताए । जुन भाषालाई मात्र लिएर दशकौं देखि सिनेमा बनेका छन त्यसकै आधारमा राष्ट्रिय भइसक्नुपर्ने तर त्यसो हुन नसक्नुको मुख्य कारण सबैले जान्ने र माया गर्ने भाषामा चलचित्रलाई प्रस्तुत गर्न नसक्नु नै रहेको बताए ।

Advertisement

जबसम्म देश भरका सम्पूर्ण भाषा, संस्कृति, संस्कारलाई सन्तुलित ढङ्गबाट अगाडी बढाउन सकिन्न तबसम्म चलचित्र उद्योगले राष्ट्रिय स्वरुप हासिल गर्न नसक्ने पनि वरिष्ठ कलाकार शाहले बताए ।

कुनैपनि वित्तीय संस्था चलचित्र निर्माणका लागि वित्तीय सहायता दिन तयार नभएसम्म नेपाली चलचित्र क्षेत्र चलायमान बन्न नसक्ने पनि शाहको भनाई छ ।

Advertisement

देशभरका जुनसुकै भाषा, समुदाय, संस्कृति र संस्कारमा विश्वास गर्ने चलचित्रकर्मीहरु एकजुट भएर दरिलो वित्तीय संस्था गठन गर्न तत्पर हुन पनि आग्रह गरे ।

वित्तीय संस्था निर्माण गर्न सक्ने हो भने भोलिका दिनमा सम्पूर्ण मागहरुलाई सम्बोधन गर्न सकिने तर त्यसो हुन नसके आगामी दिनमा चलचित्र क्षेत्र अझ कठिन भएर जाने पनि शाहले बताए ।

चलचित्र क्षेत्रलाई चलायमान बनाउन के गर्नुपर्छ ?

नेपाल चलचित्र निर्देशक समाजको १३ औं वार्षिक साधारणसभामा उपस्थित कलाकार तथा निर्माताहरुले कोभिडबाट सबैभन्दा बढी प्रभावित भएको चलचित्र क्षेत्रलाई चलायमान बनाउन चुनौति रहेको बताएका छन् ।

नेपाल चलचित्र निर्देशक समाजकी अध्यक्ष रक्षासिंह राणाले चलचित्र क्षेत्रलाई चलायमान बनाउन सबैभन्दा पहिला हल खोल्नुपर्ने बताइन् ।त्यसपछि स्वास्थ्य मापदण्ड पालना गरी दर्शकलाई चलचित्र हेर्न आह्वान गर्नुपर्ने बताइन् ।

निर्देशक समाजका उपाध्यक्ष राजेन्द्र उप्रेतीले सरकारले कोरोना खोप सबै नागरिकलाई दिनुपर्ने र भिडमा जाँदा कोरोना सर्दैन भन्ने विश्वास दिलाउनुपर्ने बताए ।

यस्तै यसअघि राम्रो चलचित्र बनाई राम्रो आम्दानी गर्दै आएका निर्माताहरुले नै पहिलो तत्परता देखाएर चलचित्र प्रदर्शनी गर्नुपर्ने बताए ।

निर्देशक समाजका अर्का उपाध्यक्ष राजु अधिकारीले पनि दर्शकलाई हलमा जाँदा स्वास्थ्य मापदण्ड पुरा गरी सुरक्षाको आभास दिलाउनुपर्ने बताए ।

निर्देशक समाजका सचिव जनकदीप बज्राचार्यले सिनेमा दर्शक, सरकार र सबैको सकारात्मक सहयोग भएमा थलिएको सिनेमा क्षेत्र चलायमान बनाउन सकिने बताए ।

यस्तै निर्देशक, निर्माता नरेश पौडेलले सरकारले पाँच वर्ष सम्मका लागि चलचित्र क्षेत्रका सबै व्यवसायलाई सम्पूर्ण रुपले कर छुट गर्नुपर्ने बताए ।

कलाकार दिनेश डिसीले सबैभन्दा पहिला गास, बास र कपासको समस्या समाधान नभईकन चलचित्र क्षेत्र चलायमान बन्न नसक्ने बताए ।

जनजीवन समान्य बन्दै गएको अवस्थामा चलचित्रकर्मीहरु सबैले आफ्नो कामलाई निरन्तरता दिई चलचित्र प्रदर्शनका लागि तयार हुनुपर्ने बताए ।

यस्तै पहिलोपटक चलचित्र कसले चलाउने भन्ने अन्योल भएकाले सरकारले सहयोग गर्नुपर्ने पनि बताए । कलाकार दिपाश्री निरौलाले सामाजिक दुरी कायम गर्दै चलचित्र हेर्नका लागि आम दर्शकलाई आह्वान गर्नुपर्ने बताइन ।

कोभिड पछि जनजीवन विस्तारै समान्य बन्दै गएको अवस्थामा पनि चलचित्र क्षेत्र सूचारु हुन सकेको छैन । खासगरी कसले पहिला चलचित्र प्रदर्शन गर्ने भन्ने अन्योल चलचित्र निर्माताहरुमा देखिएको छ ।

कोभिडपछि खुलेको बजारमा चलचित्र हेर्नका लागि दर्शक नआउने हुन की भन्ने आशंकाले चलचित्र क्षेत्र चलायमान हुन नसकेको चलचित्रकर्मीहरुको भनाई छ ।

Advertisement

भर्खरको समाचार

अमेरिका–इरानबिचको वार्तामा ‘उत्साहजनक प्रगति’

flags of USA and Iran

जङ्गल, खेतबारी, घर हुँदै सदनमा पसेको बाँदर !

Monkey-in-Khotang

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

सम्बन्धित समाचार

Scroll to Top