×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

भारतीयहरु क्वारेन्टिन बस्न नेपालमा

२४ चैत्र २०७७

२४ चैत, काठमाडौँ । नेपालमा भारतीय पर्यटकको संख्या बढेको देखिएको छ । तर, तिनीहरू नेपालमा भ्रमण गर्नका लागि आएका भने होइनन् । उनीहरू काठमाडौंका होटेलहरूमा क्वारेन्टाइन बस्नका लागि आएका हुन् ।

होटेल व्यवसायीहरूका अनुसार भारतीय नेपालका होटेलमा क्वारेन्टाइनमा बस्न आउने गरेका छन् । भारतीयहरू खाडी तथा अन्य मुलुकमा काम गर्न जान भारतबाट काठमाडौं आउने गरेका छन् ।

Advertisement
Advertisement

यहाँ क्वारेन्टाइन बसेपछि काम गर्न जाने मुलुकमा क्वारेन्टाइन बस्नु नपर्ने भएकाले भारतीयहरू काठमाडौंका होटेलमा क्वारेन्टाइन बस्न थालेका हुन् ।

होटेल एशोसिएशन नेपाल ९हान०का महासचिव साजन शाक्यका अनुसार विगत केही सातादेखि दैनिक ५०० देखि ६०० सम्म भारतीय नागरिक क्वारेन्टाइन बस्नकै लागि काठमाडौंमा आउने गरेका छन् । यसले गर्दा पनि काठमाडौंका होटेलहरूको गतिविधि चलायमान बनाउन केही मात्रामा भए पनि टेवा पुगेको छ ।

‘काठमाडौंमा केही भारतीय आउन थालेका छन्,’ शाक्यले भने, ‘उनीहरू पर्यटकको रूपमा भन्दा पनि खाडी मुलुकहरूमा काम गर्न जानेहरू हुन् । काठमाडौंका होटेलहरूमा १४ दिन क्वारेन्टाइन बस्ने र त्यसपछि कामका लागि अन्य देश जाने गरेका छन् ।’

यसले होटेलहरूको अकुपेन्सीमा पनि झीनो सुधार देखिएको छ । कोरोना भाइरस र त्यसपछिको बन्दाबन्दी र निषेधाज्ञा हटेपछि हवाई उडान खुला हुँदा करीब २ देखि ३ प्रतिशतसम्म अकुपेन्सी थियो । अहिले त्यसमा झीनो सुधार हुँदै विगत २० दिनयता झन्डै ५ प्रतिशत पुगेको छ ।

मार्चमा झन्डै १५ हजार पर्यटक नेपालमा आएका छन् । नेपालको हस्पिटालिटी क्षेत्रको क्षमता २५ लाख पर्यटकलाई सेवा दिन सक्ने भएकाले अहिलेको संख्या अत्यन्त न्यून रहेको व्यवसायी बताउँछन् ।

कोरोना भाइरसको संक्रमण कम भएका बेला र खोप पनि प्रयोगमा आएपछि भने विदेशी पर्यटक आउने आकलनका बीच पुनः कोरोनाको नयाँ भेरिएन्ट देखिएपछि पर्यटन व्यवसायीहरू थप सशंकित हुन थालेका छन् ।

Advertisement

यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top