NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
अध्यक्षलाई ’सिनो’ भनेपछि झाँक्री कारबाहीमा, एसले सोध्यो स्पष्टीकरण बुधबार असार १८ , २०८२
इरानले चीनसंग जे–१० सी लडाकु विमान किन्ने बुधबार असार १८ , २०८२
चीनबाहिरै आफ्नो उत्तराधिकारी हुने दलाई लामाको घोषणा, बेइजिङले मान्ला ? बुधबार असार १८ , २०८२
हाइपरसोनिक मिसाइलमा चीनको छलांग, Feitian 2  को सफल उडान बुधबार असार १८ , २०८२
आजबाट विद्या भण्डारीले सरकारी सेवासुविधा नलिने बुधबार असार १८ , २०८२
Next
Prev

समाचार

बिस्केट जात्रा मनाउन रोक लगाएपछि स्थानीयवासीद्वारा विरोध

मङ्लबार चैत्र २४ , २०७७
Reading Time: 1 min read
A A
Advertisement
बिस्केट जात्रा मनाउन रोक लगाएपछि स्थानीयवासीद्वारा विरोध
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
Advertisement

२४ चैत्र, रासस ।
आठ रात नौ दिनसम्म भक्तपुरमा भव्यरूपमा मनाइने ऐतिहासिक एवं सांस्कृतिक पर्व बिस्केट जात्रा मनाउन जिल्ला प्रशासन कार्यालय भक्तपुरले रोक लगाएको छ ।

कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएकाले जात्रा, पर्व मनाउँदा यसको महामारी फैलिनसक्ने भन्दै जिल्लास्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र (डिसिसिएमसी) को बैठकले जात्रा पर्व सञ्चालनलाई औपचारिकता एवं पूजामा मात्रै सीमित गर्ने निर्णय गरेको छ ।

केन्द्रका संयोजक एवं प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईको संयोजकत्वमा जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलाल, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग, गुठी संस्थान, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुखहरुको बैठकले कोरोना भाइरस सङ्क्रमण फैलिनसक्ने जोखिम बढेको भन्दै जात्रा पर्व मनाउन रोक लगाउने निर्णय गरेको हो ।

बैठकले भक्तपुरमा मनाइने बिस्केट जात्रा, भैरव, भद्रकालीको रथ तान्ने, लिङ्गो उठाउने, मध्यपुरथिमिको बोडेमा मनाइने जिब्रो छेड्ने, बालकुमारीमा मनाइने सिन्दुर जात्रालगायतका भीडभाड हुने जात्रा पर्व मनाउन रोक लगाउँदै जात्रा पर्वलाई औपचारिक पूजामा मात्रै सीमिति गर्ने निर्णय गरेको छ ।

बिस्केट जात्रा एवं पर्वमा रोक लगाएको भन्दै भक्तपुर र मध्यपुरथिमिका बासिन्दाले विरोध गरेका छन् । गत वर्ष पनि लकडाउनका कारण जात्रा पर्वलाई औपचारिकतामा मात्रै सीमित गर्दा स्थानीयवासीले बिस्केट जात्रा मनाउन पाएका थिएनन् ।

यस वर्ष जात्रा मनाउनका लागि गुठी संस्थानले भक्तपुरको तौमढीमा भैरव र भद्रकालीको प्यागोडा शैलीमा रथ निर्माण गराइरहेको छ भने भेलुखेलमा ५५ हात लामो लिङ्गो ल्याएर राखिएको छ ।

भक्तपुर र थिमिका बासिन्दाले सोमबार साँझ भैरवको रथ निर्माण भइरहेको तौमढीमा सयौँको सङ्ख्यामा भेला भएर धिमेबाजा बजाएर प्रशासनको निर्णयको विरोधमा प्रदर्शन गरेका छन् ।

विरोधमा उत्रिएर प्रदर्शन गरेका स्थानीयवासीले भक्तपुरको प्रसिद्ध बिस्केट जात्रा र जिब्रो छेड्ने रोक्ने निर्णय नमान्ने, जात्रा पर्व सञ्चालन गर्न पाउनुपर्ने माग राखेका छन् ।

स्वतःस्फूर्तरूपमा जम्मा भएका स्थानीयवासीले ‘सभा, जुलुस र रङ्गशालामा कोरोना नसर्ने, हाम्रो जात्रामा कोरोना सर्ने ?’ भन्दै विरोध गरेका थिए ।

विगतमा प्रशासनले स्थानीय तह र जात्रा सञ्चालन गर्ने सरोकारवाला निकायसँग बसेर छलफल गर्दै जात्रा सञ्चालनको निर्णय लिने गर्दै आए पनि अहिले भने प्रशासनले कसैसँग समन्वय र छलफल नै नगरी जात्रा पर्व सञ्चालनमा रोक लगाएको भन्दै प्रदर्शनमा सहभागीहरुले आक्रोश व्यक्त गरेका थिए ।

प्रशासनले भक्तपुरमा हजारौँ सहभागी हुने गरी व्यापार मेला चलाउने स्वीकृति दिने तर आफ्नै जात्रा पर्व र परम्परा रोक्न खाज्ने भन्दै प्रदर्शनमा सहभागी राधेश्याम श्रेष्ठले आक्रोश व्यक्त गरे ।

प्रशासनको निर्णय नमान्ने र जात्रा पर्व सञ्चालन गरेरै छाड्ने भन्दै स्थानीयवासी रोमन सुवालले भैरवनाथको रथ तान्ने बताए ।

गुठी संस्थान भक्तपुरका प्रमुख आनन्दप्रसाद कर्माचार्यले भैरवनाथ र भद्रकालीको रथ निर्माण पूरा भएको बताउँदै जात्रा सञ्चालन गर्नेरनगर्नेबारे निर्णय गुठी संस्थानले नलिने बताए।

गुठी संस्थानले जात्राका लागि गर्नुपर्ने आवश्यक तयारी पूरा गरेको उनले बताए । प्रदर्शनमा उत्रिएका भक्तपुर र थिमिका बासिन्दाले भने प्रशासनको निर्णय नमान्ने बताएका छन् ।

लोकप्रीय

ज्वालाले झारे झाँक्रीको झाँको, शिक्षकलाई समर्थन

अध्यक्षलाई ’सिनो’ भनेपछि झाँक्री कारबाहीमा, एसले सोध्यो स्पष्टीकरण

बुधबार असार १८ , २०८२
इरानमा महिलालाई खतरा,विद्यालय बन्यो यातनागृह

इरानले चीनसंग जे–१० सी लडाकु विमान किन्ने

बुधबार असार १८ , २०८२
चीनबाहिरै आफ्नो उत्तराधिकारी हुने दलाई लामाको घोषणा, बेइजिङले मान्ला ?

चीनबाहिरै आफ्नो उत्तराधिकारी हुने दलाई लामाको घोषणा, बेइजिङले मान्ला ?

बुधबार असार १८ , २०८२

विचार

थप समाचार

ज्वालाले झारे झाँक्रीको झाँको, शिक्षकलाई समर्थन
ताजा समाचार

अध्यक्षलाई ’सिनो’ भनेपछि झाँक्री कारबाहीमा, एसले सोध्यो स्पष्टीकरण

बुधबार असार १८ , २०८२
इरानमा महिलालाई खतरा,विद्यालय बन्यो यातनागृह
अन्तर्राष्ट्रिय

हाइपरसोनिक मिसाइलमा चीनको छलांग, Feitian 2  को सफल उडान
अन्तर्राष्ट्रिय

हाइपरसोनिक मिसाइलमा चीनको छलांग, Feitian 2  को सफल उडान

बुधबार असार १८ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News: Ukraineलाई Trumpले अब ह*तिया*र नदिने, उत्तराधिकारीबारे दलाई लामाको घोषणा || Nepal Times

World News: Ukraineलाई Trumpले अब ह*तिया*र नदिने, उत्तराधिकारीबारे दलाई लामाको घोषणा || Nepal Times

00:17:39

World News: सहयोग नपाए Ukraineले ६ महिना मात्र यु*द्ध थेग्ने, फोर्डोमा फेरि निर्माणकार्य सुरु

00:17:11

World News: ट्रम्प–नेतन्याहुविरुद्ध ‘फतवा’ जारी, थप आक्रमण नगर्ने भए इरानले वार्ता गर्ने

00:18:28

World News: Iranमा Americaले ब*म नखसालेको खुलासा,भोकले ६६ जनाको मृ*त्यु || Nepal Times

00:16:54

अमेरिका–चीनबीच व्यापार सम्झौता, क्यानडासँग वार्ता तोडियो || Nepal Times

00:17:45

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

विराटनगरमा डेढ अर्बको कर काण्डःप्रतिष्ठित व्यापारी जेलको छिँडीमा

मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

मङ्लबार असार १७ , २०८२

हालका पोस्टहरू

ज्वालाले झारे झाँक्रीको झाँको, शिक्षकलाई समर्थन

अध्यक्षलाई ’सिनो’ भनेपछि झाँक्री कारबाहीमा, एसले सोध्यो स्पष्टीकरण

बुधबार असार १८ , २०८२
इरानमा महिलालाई खतरा,विद्यालय बन्यो यातनागृह

इरानले चीनसंग जे–१० सी लडाकु विमान किन्ने

बुधबार असार १८ , २०८२
चीनबाहिरै आफ्नो उत्तराधिकारी हुने दलाई लामाको घोषणा, बेइजिङले मान्ला ?

चीनबाहिरै आफ्नो उत्तराधिकारी हुने दलाई लामाको घोषणा, बेइजिङले मान्ला ?

बुधबार असार १८ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.